रुहेर हैरान पा¥यो रे
सत्ता भन्या सत्तै हो । कसैले तपाई नभने पनि आफै मपाई । हुन पाइने । पिर्के सलामी लिएर गजक्क गर्न पाइने । जोरीपारिका अघिल्तिर रवाफ जमाउन पाइने ।
राज्यकोषबाट जति पनि डकार्न पाइने । प्रहरी, प्रशासन अगाडि पछाडि दौडने । निःशुल्क औषधोपचार पाइने । प्रहरी प्रशासनले गोडा उचालेर सलामी ठोक्ने । ए बाबा हो † के छैन सत्तामा ? सत्ता पाउन कोही कसैको ज्यान नैण् तलमाथि गर्दिन्छन्, उस्तै परे गायवै गर्दिन्छन् । तर नेपालमा पछिल्लो पटक एकजना यस्ता पात्र देखिएका छन् जो रुहेर सत्ता पाउन कोशिश गर्दैछन् । विचरा कहिले वाल्कोट पुग्छन् । कहिले वाल्वाटार धाइफल कस्छन्, कहिले आफन्तकै बीचमा बसेर भक्कानिन्छन् । विचराले एक महिनामात्र सत्ताको स्वाद के चाखेका थिए झल्झल्ती सम्झेर रुन्छन् । हदै भएसी’, अति भएसी’ बाल्कोटे बार्दली बा’लाई पनि तिनको आँशु देख्दा असैह्य भएछ, कटक्क मन खाएछ । विचराले अन्तमा सिंहदरबार छिरेर पर्धानमन्तरी पुष्पकमल दाहाललाई भनेछन् बाबुको कुर्सी फिर्ता दिनुप¥यो । रुहेर हैरान पारिसक्यो ।
जनता भेंडा नेता गधा
जनता भेंडा अनि नेता गधा भा’को देशै नेपाल हो । अब हेरम न नेपालका जनतालाई अघाउन्ज्याल खान दियो भने गधालाई पनि सांसद बनाएर संसद भवन छिराइदिन्छन् । बस खानचाहिँ दिनुप¥यो । राम्रो ब्राण्डाको रक्सी पनि चाहिँदैन । घर चुहा भए पुग्छ । तन्काउन पाएर खुट्टा बटारिए पुग्छ । मरेका बोइलरका दुई चार वटा फिर्का भए पुग्छ । ताजा र गतिलोको वास्ता छैन । उता भेँडा जनताको मत पाएर संसद भवन छिरेका गधा नेताले उत्पात मच्चाउन शुरु गर्छ । ह्वाँ कि ह्वाँ गरेर सिंहदरबार छिर्न गधा गधाहरुकै बीचमा चुक्ली लगाउँछ । मिलेर सिंहदरबार छिरेका गधाहरुबीचमा फुट ल्याउन अनेकौ चुक्ली खियाउँछ । यतिबेला डँडेलधुरे गधा आफ्ना अन्य गधालाई लिएर शितल निवास छिर्न दिलो ज्यानले लाग्या छन् । पहिल्यै बाँडीचुँडी खाने भन्या भए यति विघ्न रडाको मच्चाउनै पर्र्दैन थियो । बात करता है ।

हर्कले थर्काएछन्
आफूले आफैलाई बिग्रेको गाडीको चालक भन्ने धरानका मेयरले अस्तिका दिन पर्देशका खानेपानी मन्तरीलाई गज्जबले थर्काइदिएछन् । अति साह«ो हेपेपछि जो कोहीको पनि कन्पारो तात्छ । त्यसमाथि धरानका मेयर न परे । धरानमा आएका योजनाहरुमा धराने जनतासँग समन्वय गरेर काम गर्नुपर्छ नत्र हुँदैन भनेर मयुरले के भन्या थिए खानेपानी मन्तरीलाई उखपात भएछ । धरानमा आउने योजनामा केन्द्रबाटै भ्रष्टाचार गरेर पठाउँदा धरानेले पानीको हाहाकार झेल्नुप¥या छ । जेहोस् मेयर र मन्त्रीको बीचमा पौठेजोरीचाहिँ गज्जबले चल्या थियो । हेर्न लायक थियो ।
खल्तिबाट बनाउनु हुन्न रे
हाम्रा गनगने काजी आच्या गगन थापा पनि कहिलेकाँही गज्ज्बको गफ हान्दिछन् । हुन त गफ हान्दिन काजीलाई कस्ले भेट्ने ? गफै हान्देर काँग्रेसको महामन्त्री बन्या हुन् । अस्तिका दिन कलैयातिर पुगेर उन्ले भन्दिएछन् राष्ट्रपति खल्तिबाट निकालेर बनाउनु हुँदैन रे । क्या गज्जब । कही राष्ट्रपति पनि खल्तीबाट निकलोर बनाउँछन् त ? फुत्त खल्तीबाट निकालेर राष्ट्रपति बनाउने भए सबै पार्टीले खल्तीबाट फुत्त फुत्त निकाली सक्थे । नसक्ने भएरै उखानेदेखि गुखानेसम्मकाहरु फागुनमा संसदभित्र कुस्ती खेल्ने तयारी गर्दैछन् । कुस्ती भिडन्तमा जसले पछार्छ त्यही राष्ट्रपति हुने त हो । अधिकारै नभएको राष्ट्रपतिका लागि अहिले कम्ता रस्सातान चल्या छैन । गुखाने ¥याल काढेर दौडिएका छन् भने उखाने सम्झौता अनुसार हुनेमा ढुक्क छन् ।
खटपट सुरु भइसक्या छ रे
वैदेशिक रोजगारीमा जानेहरुलाई बिना ढेउवा टिकट, भिसा दिने घोषणा गरेका राष्ट्रिय पार्टीको हैसियत समेत नभएका माकुनेले अस्तिका दिन गज्जबको कुरा पत्ता लगाएछन् । घाँटीमा किलकिले नभाका माकुनेले Ïयाट्टै सुनाइदिई हालेछन् । तिन्ले भन्या अहिलेको सत्ता गठबन्धनका बीचमा भयंकर खटपट शुरु भैसक्या छ । राष्ट्रपतिको निर्वाचनसम्म पनि गठबन्धन जाँदैन रे । माकुनेले यत्रो ठूलो गोप्य कुरा पत्ता लगएछन् । हुन त तिनले यस्ता कुरा यस भन्दा अगाडि पनि पत्ता लगाएका थिए । निर्वाचनमा आफ्नो पार्टीले २० लाख मत ल्याउने कुरा पत्ता लगाएका थिए । २० सिट भन्दा बढी सांसद जित्ने ढोकुवा ग¥या थिए । हुन त माकुनेले पत्ता लगाएका कुरा र पानीमा छाडेको अपानवायु उस्ता उस्तै हुन् । विचरा यतिबेला काँग्रेसको पछिल्तिर भतुवा लागेर बस्या छन् । अँठ्याउने हाँगो र टेक्ने जमिन समेत नभएसी’ माकुने नयाँ नयाँ कुरा पत्ता लगाएर बस्ने त हुन् ।
उत्तानै प¥यो छ
प्रचण्डाउले देश चलाए भने देशले कोल्टे फेर्छ भन्थे । बढी नै चलाएछन् कि क्या हो उत्तानै पो पर्न लाग्यो त । एउटासँग विहे गरेर अर्कोसँग पोइल जाने अनि फेरि विहे गरेकैसँग चोचोमोचो मिलाउने गर्नाले उत्तानो पर्न लाग्या जस्तो छ । पुराना कुरा बिर्सेर नयाँसँग चोचोमोचो मिलाउनु पर्नेमा प्रचण्डाउ नि खै के गर्छन् गर्छन् । आफ्नै जिल्ला चितवनका किसानले तरकारी आन्दोलन चर्काएका छन्, बैंकहरुले सर्वसाधारणको करङ्ग गनिराछन्, महँगीदेखि सर्वसाधारणको सातो गएको छ । पदीय आमा डकार्नेहरु बँििडरहेका छन् तर हाम्रा पर्धानमन्तरी सिंगो देश, हाम्रो आन्दोलन र मुद्धाको वरिपरि छ भनेर बाँसुरी बजाइरा’छन् ।
गरिखान नदिने भए
रास्वपालाई जमिन्दार पार्टीहरुले गरिखान नदिने भए । एकातिर अदालत भिडाएर मन्त्री र सांसद पद नै चैट बनाइदिए भने फेरि तिनका सांसदहरुलाई अलग हुने माने अर्को घरजम गर्न मन्त्र सुनाइरा’छन् । अब हेरम न २० जना सांसद रहेको रास्वपामा यतिबेला अदालते एक जना सांसद निलिदिएपछि १९ जना छन् । त्यसमा पनि ११ सांसद र ९ केन्द्रीय सदस्य परक्क बटारिन थाल्या छन् । अध्येक्षे मन्त्रीमण्डलबाट बाहिरिनुपर्छ भन्नासाथ बल्लबल्ल मन्त्री खान पाएकाहरुले पार्टी नै टुुक्र्याएर जाने त मन्त्री नछाड्ने अड्डी कसेका छन् । पुराना पार्टीमा त मातमारा देखिन्छे देखिन्थे अब नयाँमा पनि त्यो रोग देखिएको छ । हुन त टुटुफुट खान नपाएपछि हुने त हो नि ।
अन्तेमा
हैन हौ हिजोआज गणतन्त्र जस्ले दियो उसैलाई फिर्ता गर्दिनु पर्छ । सधै भाडामा चलाउनु हुँदैन पो भन्न थाले त ? भाडामा गणतन्त्र चलाउनेहरुले जनताका नाममा २० खर्ब ७ अर्ब ऋण लिइसके रे । जति भाडामा चलायो त्यति नै ऋण थपिदै जान्छ रे । साँच्चै नै युवाहरु जागेकी क्या हो ? जसले गणतन्त्र दिएको हो उसले फिर्ता लिएन भने के गर्ने होला ? भाडामा दिनेले पनि शर्त नराखी दिएको छ पक्कै छैन । कुराचाहिँ गहिरो छ । ऋण लिएरै भए पनि भाडामा गणतन्त्रको दोकान चलाउनै प¥यो । किसो हौ ?
