काउन्सिलद्वारा आचारसंहिता र वर्गीकरण सम्बन्धी अन्तरक्रिया

धरान । प्रेस काउन्सिल नेपालद्वारा पत्रकार आचारसंहिता तथा पत्रपत्रिका वर्गीकरण सम्बन्धी एकदिने अन्तरक्रिया धरानमा मगलबार सम्पन्न भएको छ । सुनसरी जिल्लाका झण्डै एकसय सञ्चारकर्मीहरुको उपस्थिति रहेको अन्तरक्रिया कार्यक्रममा काउन्सिलका सदस्य ठाकुर बेल्बासेले पत्रकार आचारसंहिता सम्बन्धी चर्चा गर्नुभएको थियो । विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरुले काउन्सिलमा
राजनीतिकरण हुने गरेको आरोपप्रति जवाफ दिँदै बेल्बासेले काउन्सिलमा मन्त्री, साँसद, राजनैतिक पार्टीहरुको दबाब आउने गरेको स्वीकार्नु भयो ।


सदस्य बेल्बासेले भन्नुभयो प्रेस काउन्सिल नेपाल बाहिरको दबामा अडिने प्रयास अर्थात कुन हदसम्म दबाब स्वीकार्ने प्रयासमा छ । पूरै अडिन नसकेको भन्दै काउन्सिलबाट प्रदान गरिने पुरस्कार
वितरणमा समेत विगतमा चलखेल हुने गरेपनि हाल त्यस्तो अवस्था नरहेको उहाँले बताउनुभयो । त्यस्ता चलखेललाई  न्यूनिकरण गर्ने प्रयास भइरहेको भन्दै उहाँले काउन्सिल पत्रकारको पक्षमा उभिने अर्ध सरकारी निकाय भएको  बताउनुभयो । यसैगरी काउन्सिलका पत्रपत्रिका बर्गीकरण अधिकृत रहमतुल्ला मियाँले पत्रपत्रिका वर्गीकरणका मापदण्ड सम्बन्धी जानकारी गराउनु भएको
थियो । सहभागी सञ्चारकर्मीहरुले प्रेस काउन्सिल नेपालले निष्पक्ष ढंगले पत्रपत्रिकाको बर्र्गीकरण गर्न नसकेको तोकिएको, आवश्यक अंक र संलग्न गर्नुपर्ने कागजात उपलब्ध गराउँदा समेत वर्गीकरणमा भेदभाव गरिएको, हुबहँुको नाममा दुःख दिएको बताएका थिए । नेपाल पत्रकार महासंघ सुनसरी संयोजन र प्रेस काउन्सिल आयोजक  रहेको उक्त कार्यक्रमको सभापतित्व महासंघका अध्यक्ष जनकऋषि राईले गर्नुभएको थियो । महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाले स्वागत मन्तव्य राख्नु भएको थियो भने सञ्चालन महासंघ सुनसरीका सह सचिव तीर्थ कार्कीले गर्नुभएको
थियो ।

तपाईको प्रतिक्रिया