झुक्का । आदिवासी जनजाति चलचित्र विशेष सम्मान २०७९ बाट शनिवार रामधुनी नगरपालिका वडा नं. २ झुक्कामा आयोजित कार्यक्रममा आधा दर्जन कलाकारहरु सम्मानित हुनु भएको छ ।
सम्मानित हुनेमा बरिष्ठ कलाकार तथा क्याप्टेन विजय लामा, सफल चलचित्र निर्देशक मिलन चाम्लिङ, समाजसेवी तथा गायक पूर्ण लिम्बु, मोडल तथा अभिनेत्री एलिसा राई रहनु भएको छ ।
सम्मानित हुने कलाकारहरुले समाजमा पु¥याएको मानव सेवा, चलचित्र र सगीत उद्योगमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन् । कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं. १ का अध्यक्ष अरुण कुमार प्रधान, म्याजिक सिनेमा हलका सञ्चालक तथा थारु चलचित्र उद्योगका पहिलो नायक पर्शुराम चौधरी, चलचित्र निर्माता तथा निर्देशक लखमान योञ्जन तामाङ, कालाकार तथा समाजसवी रितेशलंश खत्रीलाई समेत सो अवसरमा सम्मान गरिएको थियो । आदिवासी जनजाति चलचित्रको महत्व र आवश्यकता सम्बन्धी अन्तरक्रिया, सम्मान कार्यक्रम तथा साधारणसभा नाम दिइएको कार्यक्रममा महासंघ प्रदेश नं १ का अध्यक्ष ज्योतिराज राईको सभापतित्व तथा प्रदेश १ का प्रदेशसभा सांसद इन्द्र आङ्बो प्रमुख अतिथि रहनु भएको थियो ।

चलचित्र विकास बोर्ड सहआयोजक रहेको उक्त कार्यक्रममा विभिन्न आदिबासी जनजातिले आ–आफ्नो झाँकी, भाषिक गीतमा नृत्य तथा गायन प्रस्तुत गरेका थिए । आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद् अध्यक्ष पुर्खाजित राई, महासंघका निवर्तमान अध्यक्ष अमृतबहादुर सुनुवार, नेपाल निर्देशक समाजका महासचिव जनकदिप पराजुली, आदिवासी जनजाति महासंघ इटहरीका अध्यक्ष चिरहाङ्ग राई, संगीत साधना इटहरीका महासचिव राजु केशी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो भने सञ्चालन इक्सा मादेनले गर्नुभएको थियो ।
