विराटनगर भन्सारको राजस्व असुली आधा भन्दा कम, यात्रु शाखामा कडाई, बजार अनुगमनमा तिब्रता आधा दर्जन नाकामा दाम चढाएर तस्करहरुले करोडौका सामान बजार पु¥याउँछन्

विराटनगर । मालवाहक ट्रक देख्ने बित्तिकै विराटनगरदेखि धरान सम्मका प्रहरीहरु गाडी रोक्छन्, औपचारिकता पूरा गर्न कागजात माग्छन् अनि चालकसँग हात मिलाएर छाडिदिन्छन् र आफ्नो हात गोजीमा हाल्छन् । प्रहरीहरुको यो दैनिकी कर्म विराटनगरको रानी भन्सारदेखि एक किमी उत्तरमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेक जाँचबाट शुरु हुन्छ । त्यसपछि विराटनगरको रोडसेस चौक, विराटनगर प्रवेशद्वार, टंकीसिनुवारी, बाँसबारी, नेमुवा, दुहवी, खनार, इटहरीको हलगडा, तरहरा र धरानको तीनकुनेसम्म चल्छ ।
तस्कर र प्रहरीकै सेटिङमा जोगबनी भन्सारबाट आधा दर्जन प्रहरी नाकामा दाम चढाएर करोडौका सामान बजार पु¥याएकै कारण विराटनगर भन्सारको राजस्व असुली मंसिर–पौषमा लक्ष्यभन्दा आधा कम उठेको छ । राजस्व असुलीमा लक्ष्यभन्दा आधा कम भएपछि यतिबेला रानी भन्सार कार्यालय विराटनरले यात्रु शाखामा कडाई र बजार अनुगमनलाई तिब्रता दिएको छ । यसै सम्बन्धमा रानी भन्सार कार्यालय विराटनगरका सूचना अधिकृत रामप्रसाद ढुंगानासँग सम्पर्क राख्दा उहाँले भन्नुभयो हामी यतिबेला चोरी पैठारी नियन्त्रणमा कडाईका साथ लागेका छौं । धेरै हदसम्म हाल चोरी पैठारी नियन्त्रयणमा आएको छ । कार्यालयले विभिन्न माध्यमबाट चोरी पैठारी नियन्त्रणका उपाय अपनाएको छ । हाम्रो कोसिस यसैमा केन्द्रित रहेको छ ।


रानी विराटनगर भन्सारबाट राजस्व लक्ष्यभन्दा कम उठ्नुको सम्बन्धमा जिज्ञासा राख्दा सूचना अधिकृत ढुंगानाले भन्नुभयो यो विराटनगर भन्सारको मात्र कुरा होइन । नेपालभरिकै लगभग ठूला भन्सार कार्यालय सबैको अवस्था उस्तै छ । अहिले नेपालमा मात्र नभएर संसारभरि नै आर्थिक मन्दी चलिरहेको छ । उहाँले भन्नुभयो नेपालका सबै भन्सार इम्पोर्टमा आधारित छ । जति इम्पोर्ट भयो त्यति नै बढी राजस्व उठ्ने हो । इम्पोर्ट कम भएपछि राजस्व असुली पनि कम हुन्छ । हाल इम्पोर्ट घटेको छ, व्यापार व्यवसायमा मन्दी आएको छ, उद्योगहरुको उत्पादन ३०–४० प्रतिशतमा सीमित भएको छ । उनीहरुले आफ्नो उत्पादन कटौति गरेपछि कच्चा पदार्थ कम आएको छ । जसका कारण राजस्व कम उठेको हो । अगाडिको ६ महिनाको राजस्व संकलन लक्ष्य त ठ्याक्कै थाहा भएन तर र्पौष महिनामा ५ अर्ब राजस्व संकलनको लक्ष्य थियो तर अढाइ अर्ब हाराहारीमा मात्र उठेको छ । मंसिर पौषमा आधा भन्दा कम उठ्यो । साउन भदौमा केही माथि थियो । अर्थात ८०–८५ प्रतिशत लक्ष्यको हाराहारीमा उठेको थियो ।  यात्रु शाखाबाट (पुरानो भन्सार कार्यालय) बाट पोके टोकेहरुले सामान ओसार्न नियन्त्रण भयो त भन्ने सवालमा सूचना अधिकृत ढुंगानाले भन्नुभयो अहिले त्यसमा धेरै कन्ट्रोल भएको छ । पूर्ण कन्ट्रोल नभए पनि विगतको तुलनामा धेरै कन्ट्रोल भएको छ । यतिबेला भन्सारका गस्तीहरु बढेका छन् । उच्च निकायले भन्सारको चोरी निकासीका केशमा मुद्दाहरु दाखिल गरेको छ, मुद्दाहरु विगत भन्दा बढेको छ । यसले गर्दा चारी पैठारी नियन्त्रण हँुदै गएको छ । कानुनले यात्रु शाखाबाट भ्याटको मूल्यमात्र छुट गरेको छ । एक सय भन्दा माथिको सामान ल्याएमा भन्सार काट्नुपर्छ । यो काम यात्रु शाखाबाट मात्र हुने गरेको छ । एकीकृत भन्सार कार्यालय रानी विराटनगरले व्यापारिक सामानहरुको भन्सार काट्ने गरेको छ । यतिबेला पुरानो भन्सार कार्यालयबाट व्यापारिक कारोबार बन्द गरिएको छ । उक्त कार्यालयलाई यात्रु शाखाको रुपमा विकास गरेपछि जोगबनी बजारबाट यात्रुहरुले एक सय भन्दा माथिका सामान ल्याए वा राजस्व छोड्नु हुँदैन भन्ने लागेमा भन्सार लिएर पठाउने गरिएको छ ।
चोरी पैठारी नियन्त्रणका लागि यतिका चेकजाँच हुन्छ, निगरानी गरिन्छ, सुरक्षाकर्मीदेखि अन्यलाई सक्रिय गराइएको छ तर पनि ठूला ठूला परिमाणका चोरीका सामानहरु बजार पुगेका छन् । यसको प्रमुख कारण के होला त भन्ने सम्बन्धमा सूचना अधिकृत ढुंगाना भन्नुहुन्छ पुगेका छन्, यसलाई नकार्न सकिदैन । विगतमा यस्तो भएको थियो तर हाल २०–२५ दिन यता यी कुराहरु नियन्त्रणमा आएको छ । हामीले बजार अनुगमन बढाएका छौं, भर्खरै मात्र पनि विराटनगरका आधा दर्जन पसलहरुबाट भन्सार नतिरी ल्याइएका सामान जफल गरेका छौं । मुद्धा चल्दै छ । बजारमा राजस्व अनुसन्धानले पनि छापा मारेर बिल विजक नभएको भन्सार नतिरेका सामानहरु ठूलो परिमाणमा जफत गरेको छ । व्यापारीलाई पनि यसरी चोरीबाट आएको सामान किन्यौ भने हाम्रो पनि खैयरयत रहेनछ भन्ने सन्देश दिन खोजेका छौं । उहाँले भन्नुभयो नेपालको समस्या भनेको १४–१५ सय किमी भारतसँगको खुल्ला बोर्डर हो । हाम्रा सुरक्षा निकाय पनि सीमित छन्, धेरै छैनन् । व्यावहारिक रुपले पनि सबै कुरा एकैपटक नियन्त्रण गर्न गाह«ो हुन्छ, ढुगानाको कथन छ । यसै सम्बन्धमा रानी भन्सार कार्यालय विराटनगरका कार्यालय प्रमुख ताराप्रसाद सापकोटासँग सम्पर्क राख्दा सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया