आँपटारमा हत्या : हत्याको कारण लागू औषध

धरान । पछिल्लो समय लागू औषध सबैको समस्याको विषय बनेको छ । धरान उपमहानगरपालिका पनि यस विषयमा अछुतो छैन । लागू औषध सेवनकै कारण आफ्ना आफन्त तथा साथीभाइको हत्या समेत हुने गरेको छ । आइतबार धरान ५ आँपटारमा आफ्नै सार्थीले साथीको खुकुरी प्रहारबाट भएको मृत्युले पनि यो कुरालाई प्रष्ट पारेको छ । सँगै खाने, सँगै सुत्ने, विरामी हुदा एक अर्काको हेरचाह गर्ने तथा उपचारकै लागि अस्पतालसम्म पु¥याइदिने गरेका दुई अत्यन्तै घनिष्ट मित्रमध्ये एक जनाको विहान ६ः३० बजे हत्या भयो ।


हत्या गर्ने कोही थिएन, हत्या गर्ने त्यही घनिष्ट मित्र नै थियो । यी दुई घनिष्टमित्र मध्ये धरान ५ आपटारका कुमार बुढाथोकीको हत्याबाट मृत्यु भएको हो । उनलाई उनको हत्या गर्ने नजिकै घर भएका अत्यन्तै घनिष्ट मित्र विके भनिने हर्कबहादुर राई हुन् । उनले आफ्नै साथीलाई लागू औषधकै कारण हत्या  गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिनुभयो । विहान अन्दाजी ०७;३० बज राईले आफ्नै घरको भान्सा कोठामा हत्या गरेका हुन् । हत्या गर्नुअघि बुढाथोकीले पनि प्रतिकार गरेको देखिएको छ । प्रतिकार गरेकै कारण हत्यारा राई समेत घाइते भएका थिए । सामान्य घाइते रहेका उनको अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको थियो ।  हत्या गरेको देख्ने वित्तिकै डराएर भाग्ने क्रममा राईले गाउँकै एक महिलामाथि समेत खुकुरी प्रहार गरेको स्थानीयहरुले बताएका छन् । भाग्ने क्रममा लड्दा गोमा खड्का भन्ने महिलालाई खुकुरी प्रहार गर्दा ढाड र टाउकोमा चोट लागेपछि धरान १० मा रहेको विजयपुर अस्पतालमा उपचार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएका थियो  धरान ५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले यो भन्दा अगाडि यो वडा अशान्त रहेको बताउनुभयो । उहाँले केही लागू औषध प्रयोगकर्तालाई सुधारको प्रयास गरेको बताउदै अहिलेको यो घट्नाले गाउँ नै अशान्त बनाएको बताउनुभयो । उहाँले यो घट्ना लागू औषध प्रयोग गर्दा भएको विवादका कारण भएको गाउँलेबाट सुनेको बताउँदै लागू औषध नियन्त्रणभन्दा बाहिर गएको र नियन्त्रण गर्न अत्यन्तै कठिन भएको बताउनुभयो । स्थानीयहरुले पनि धरान ५ आपटारमा भएको घट्ना लागू औषधकै कारण भएको बताएका छन् । संगै खाने, संगै सुत्ने, समस्या पर्दा सहयोग गर्ने, विरामी हुँदा उपचार गराउने अत्यन्तै घनिष्ट साथी भएको बताउँदै हत्याको कारण लागू औषध नै भएको स्थानीय धनराज राई बताउनुहुन्छ । यो समस्या ठूला सहरी क्षेत्रको समस्या नौलो भने होइन, लागू औषतको कुलतमा फसेका युवाहरुले यस भन्दा अगाडि पनि धेरै घट्ना घटाएका छन् । यस्ता घट्ना घट्नुमा लागू औषध सम्बन्धी जनचेतना जगाउन नसक्नु र युवा वर्ग वेरोजगारी बन्नु पहिलो कारण भएको लागू औषधको नियन्त्रणमा लागेकाहरुले बताएका छन् । युवाहरुलाई स्वरोजगारमात्र बनाउन सके यस्ता घट्ना धेरै न्यूनिकरण हुने सबैको बुझाई रहेको छ ।

तपाईको प्रतिक्रिया