भारतको ७४ औं गणतन्त्र दिवस

भारतले आफ्नो ७४ औं गणतन्त्र दिवस विगतका बर्षहरुमा झैँ हर्सोल्लासका पूर्वक मनाउँदै छ । हरेक दृष्टिले विश्वशक्तिको रुपमा स्थापित हुँदै आएको भारतले सन् १९५० जनवरी २६ मा गणतान्त्रिक सविधान जारी गरेपछि यस दिनलाई भव्य रुपमा मनाउँदै आएको छ । सन् १९५० का दिन भारतले वृटिश साम्राज्यसँग सम्बन्ध भंग गरेको थियो भने भरतका प्रथम राष्ट्रपति राजेन्द्रप्रसादले राष्ट्रपतिको पहिलो सपथग्रहण गर्नुभएको थियो ।
गणतन्त्र दिवसका अवसरमा भारतीय राष्ट्रपतिले देशव्यापीका नाममा शुभकामना सन्देश दिने, भारतको केन्द्रदेखि राज्यहरुमा शैन्य परेड गर्ने गरिन्छ । गणतन्त्र दिवसका अवसरमा गरिने शैन्य
परेड एउटा व्यवहारिक र एकतायुक्त राष्ट्रिय पहिचानको छवि प्रस्तुत गर्ने महत्वपूर्ण माध्यम समेत हो । भारतले आफ्नो क्षमता बारेमा विश्वका अन्य देशलाई सन्देश पठाउने माध्यम पनि परेड नै हो । गणतन्त्र दिवसका अवसरमा भारतले अन्य देशका राष्ट्रप्रमुखलाई आमन्त्रण गरेर मनाउने गरेको छ । सन् १९५० मा भारतले पहिलो गणतन्त्र दिवस मनाउँदा इन्डोनेशियाका राष्ट्रपति सुकार्नोलाई आमन्त्रण गरेको थियो । गणतन्त्र दिवसमा विदेशी राष्ट्रप्रमुखहरुको सहभागिताले भारतको कुटनीतिक सम्बन्धलाई समेत थप बलियो र मजबुत बनाउँदै लगेको छ । जे होस्, भारतले अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि सम्बन्ध चिसिएका केही देशका प्रमुख व्यक्तिहरुसम्मलाई गणतन्त्र दिवसमा प्रमुख आतिथ्यमा आमन्त्रण गरिसकेको छ । आफ्नो गणतन्त्र दिवसलार्ई भारतले आफ्नो देशभित्र मात्र सीमित राखेको छैन । उसले दर्जनौ विदेशमा रहेका आफ्ना कुटनीतिक नियोगहरुले त्यस देशका सरकारको नेतृत्व गरेका व्यक्ति, समाजमा लब्ध प्रतिष्ठित व्यक्तिहरुलाई गणतन्त्र दिवसका अवसरमा प्रमुख आतिथ्य गराउँदै आएको छ । यस प्रकारको कार्यले भारत र सम्बन्धित देशबीचमा थप सम्बन्ध सुधार हुने देखिएको छ । आज विश्वमा छिमेकीहरुमा देखिदै आएको वैमनस्यता, शक्तिको उन्मादले ठाउँ पाउँदै गएको अवस्थामा विश्व शक्तिको रुपमा दरिएको भारतले सदैव आफ्ना छिमेकीहरुप्रति सुमधुर, पारस्परिक हितलाई प्राथमिकतामा राखेको छ । अर्थात भारतले छिमेकीका सम्बन्धलाई पहिलो प्राथमिकामा राखेको छ । आज भारतको सबैभन्दा निकटको छिमेकी मुलुक नेपाल हो भन्दा अतिसयोक्ति नहोला । नेपालको विकासमा भारत सबैभन्दा ठूलो सहयोगी मुलुक हो । नेपालमा भारतले दर्जनौ क्षेत्रहरुमा सहयोग पु¥याएको छ । दक्षिण एसियामै चर्चित बीपी कोइराला स्वास्थ्य विज्ञन प्रतिष्ष्ठान, सैयौको संख्यामा विद्यालय भवन निर्माण, खानपानीका सैयौ आयोजना, दर्जनौ जिल्ला अस्पतालहरु, स्वास्थ्य संस्था एवम् परोपकारी संस्थाहरुलाई सैयौ एम्बलेन्स, विद्यालयहरुलाई बस, सुरक्षा निकायहरुलाई आवश्यक बन्दोबस्तीका सामान उपलब्ध गराउने लगायत कार्यमा भारतको सबैभन्दा ठूलो सहयोग रहेको छ । वास्तविकता भन्नुपर्दा भारत नेपालको सबैभन्दा ठूलो दातृ राष्ट्र हो । यतिमात्र नभएर भारतले आफ्ना छिमेकी राष्ट्रहरु श्रीलंका, भुटान, अफगनास्थान लगायतलाई समेत हालसम्म सहयोग पु¥याउँदै आएको छ । छिमेकी पहिलो नीति लिएको भारतले पछिल्ला दिनमा विगतका शक्ति सम्पन्न राष्ट्रहरुलाई पछाडि पारेको छ ।

तपाईको प्रतिक्रिया