पूर्वी पहाडी पर्यटकीय जिल्ला इलाममा नीजि क्षेत्रका २० भन्दा बढी जल विद्युत आयोजना

इलाम । पूर्वी नेपालको पर्यटकीय जिल्ला इलाममा नीजि क्षेत्रका २० भन्दा बढी जलविद्युत आयोजनाहरु रहेका छन् । यसमध्ये डेढ दर्जनभन्दा बढी जलविद्युत आयोजनाहरुले उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडेका छन् भने केही निर्माणाधीन अवस्थामा रहेका छन् ।
यतिबेला इलाममा १७ वटा आयोजनाले उत्पादन गरिरहेका छन् भने तीन वटा आयोजना निर्माणको अन्तिम चरणमा रहेका छन् । इलाम जिल्लामा बनेका प्राय ः सबै जलविद्युत आयोजना १० मेघावाट भन्दा कम क्षमताका रहेका छन् । यहाँबाट उत्पादन भएका विद्युत १३२ केभी राष्ट्रिय प्रशारण लाइन इलामको गोदकमा जोडिएका छन् ।


इलामबाट उत्पादित जलविद्युतका कुनैपनि आयोजनाहरुमा दातृ निकायहरुको लगानी नरहेको इलामका सहकर्मी सञ्चारकर्मी सोम सुसेली भट्टराईले बताउनुभयो । इलामका सबै जलविद्युत आयोजनामा नेपालकै हाइड्रोपावर कम्पनी, बैंक र स्थानीय बासिन्दाहरुकै लगानी रहेको छ । इलाम र भारतको पश्चिम बंगालसँग सीमा जोडिएको सन्दकपुर गाउँपालिका भएर बहने माई खोला र पुवा खोलाबाट प्राय ः सबै आयोजनाहरु निर्माण भएका छन् । माइखोलाको दानाबारीबाट २२ मेघावाटको एक मात्र सबैभन्दा ठूलो आयोजना सानिमा हाइड्रोले निर्माण
गरेको हो । यसैगरि इलाम नगरपालिका वडा नं. १० गोदकबाट हिमाल दोलखा हाइड्रो वापरले ८ मेघावाटको, पुवा खोला एकबाट ४.९६ मेघावाटको, पुवा खोला दुईबाट ९.९८ मेघावाटको अपर माइ हाइड्रो पावर, ६.२ मेघावाटको लोअर जोगमाई हाइड्रो पावर, ७.८ मेघावाटको सुरपर माइ हाइड्रोपावर, ६ मेघावाटको एसियन हाइड्रो पावर, ९.५ मेघावाटको साम्लिङ्ग हाइड्रो पावर, ९.८ मेघावाटको सगरमाथा हाइड्रो पावर, ६ मेघावाटको माइभ्याली हाइड्रोपावर, ५.६ मेघावाटको तल्लो माइखोला इाइड्रोवार, ६ मेघावाटको सानिमा क्यास्केड, १० मेघवाटको पञ्चकन्या माइ हाइड्रो पावर, ६.१० मेघावाटको पञ्चकन्या क्यास्केड, ५ मेघावाटको जोशी हाइड्रो पावरले निर्माण सम्पन्न गरेर उत्पादन दिइरहेका छन् भने ४६ मेघावाटको जोगमाई स्मल हाइड्रो वापर, ४.९६ मेघावाटको पिपुल पावर हाइड्रो पावर र ९.५१ मेघावाटको माइबेनी हाइड्रो पावरको काम तिब्र रुपमा अगाडि बढेको सुसेलीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया