घण्टाघरबाट हेर्दा

नांगै बनाए रे
अस्तिका दिन नेप्लिज लाँग्रेसका ¥याले वा फतफत गर्दै थिए । तिनको फतफत बडो गज्जबको थियो । प्रचण्डले काँग्रेसलाई नांगै बनाए भनेर फतफत ग¥या रै’छन् । अझ पनि ती ¥यालेको बुद्धिमा बिर्को लाग्या देख्दा घण्टाघरलाई आश्चर्य लाग्यो । प्रचण्डाउले काँग्रेसलाई नाँगो बनाएकै छैनन् । ¥याले, तिनकी जोई, वरिपरि फन्को मार्ने चाकडी र चौकण्डीहरुलाई मात्र नांगो बनाएका हुन् । बनाउनै पथ्र्यो बनाए । प्रचण्डाउले र तिनका चाकडी चौकण्डीहरुलाई मात्र सत्ताको स्वाद चखाउने ठेक्का लिएका थिए ? उनलाई नि चाख्न मन थियो । बारम्बार सत्ताको स्वाद चाख्न देउ भनेर भनेकै हुन् । तर ¥याले जोई सुन्नै नचाहने । अझ चाकडी चौकण्डीहरु त दिनै हुँदैन भनेर बुरुक बुरुक उफ्रने । तिन्ले त ¥यालेको मन्त्री मण्डलमा गतिलो नै मन्त्रालय पड्काउने सपना देखेर रातारात मयलपोसका दौरा शुरुवाल सम्म सिलाएर बस्या थिए । प्रचण्डले छोडेसी काँग्रेस अब झ्यांगिन्छ ¥यालेका नन्दीभृंगीहरु नांगिन्छने् । कि कसो हौ ?
माकुनेको औडाहा
एकीकृत समाजवादीका अध्येक्षे भैटोपलेका माकुन्याउलाई हिजोआज औडाहा भएको छ । विचराको मथिंगलले काम गर्नै छोड्या छ । राष्ट्रिय दल बन्न नसके नि यसो काँग्रेस र माउवादीको दया मायाले गोडादशेक सिट जित्या छन् । विहे गरेर सँगै काँग्रेसको घर भित्र हुलिएकी बेहुली बालकोटतिर भागिसकेको छ । तर माकुनेले काँग्रेसको घरको ढोका रुग्न छाड्या छैनन् । कसरी बस्न सक्या
होलान् ? घरज्वाई बस्न पनि छोरी त हुनुप¥यो नि । हुन तिन्लाई कस्ले पत्याउने ? जाहाँ छि¥यो त्यही डुगुरे मुसाले झै प्वाँल पार्न थालिहाल्छन् । प्वाँल पारेर भ्वाङ्ग बनाउनु भन्दा तिन्ले अर्थोक केही जानेकै छैनन् । एमालेमा छँदा अनगिन्ती प्वाँल पारेपछि बालकोटे कुमाइले जोर लात्ती बजाएका थिए । अब काँग्रेसका के झर्ला र खाउँला भन्दा हुन् ?
मुर्गै बनाएछन्


अस्ति भर्खरै सभामुखको चुनाव सम्पन्न भयो । सभामुख चुन्नुपर्ने थियो चुनाव भयो । तर विचित्रचाहिँ के भा’छ भने काँग्रेसका मुखिया यतिबेला कचौरा थापेर पदको भिख माग्दै हिड्या छन् । थपक्क प्रचण्डाउलाई पर्धानमन्तरी दिया भे’ त्यसरी कचौरा थापेर हिँड्नै पर्ने थिएन । सबै पद आफै लिन नखोजेसी’ प्रचण्डाउचाहिँ बाबाजी डुल्लु हलाएर बस्छन् त ? प्रचण्डाउ हिडेसी काँग्रेस सिनित्तै । सभामुखको चुृनाउमा हार्ने देख्दा देख्दै विचरी त्यो इश्वरी न्यौपानेलाई भिड्न पठाइदिएछन् । जित्ने भा’भे त्यो इश्वरीलाई मुखियाले उमेद्वार बनाउथे ? ज्यान गए नि बनाउने थिएनन् । आफ्नै बुढीलाई अगाडि सार्थै । विचरी न्यौपानेलाई मुर्गे  बनाए । काँग्रेसलाई मुखियाले यतिबेला तेस्रो लिँगी माने छक्का बनाइदिए ।
चित्रको विचित्र कुरा
संघीयता खारेजीको माग गर्दे आएका विचित्रबहादुर केसी आच्या चित्रबहादुृर केसीले अस्तिका दिन आफूहरुलाई प्रचण्डले थाङ्नामा सुताएको भेउ पाएछन् । हामीलाई कतिखेर थाङ्नामा सुताए पत्तै पाइएन रे । अब बुढो शरीर, कान कम सुन्ने, आँखा कम देख्ने भएसी कसरी भेउ पाउन त । जे होस् ढिलै गरी बुढाले भेउचाहिँ पाएछन् । हुन त ती विचित्रबहादुर केसीले भेउ पाए पनि के अर्थ रहन्छ र । विचराको जम्मा एक सिट लिंठिङ्ग छ । न सत्ता पक्ष न प्रतिपक्ष । गज्जबको कुराचाहिँ बुढाले प्रचण्डले थाङ्नामा सुचनाएकोचाहिँ पत्तो पाएछन् ।
पानी आएन रे
धराामा पानी आएन भनेर धरानका पानी उपभोक्ताहरु यतिबेला सडकमा उफ्रन थाल्या छन्, सामाजिक सञ्जालमा मेयरलाई तथानाम गाली गर्न थाल्या छन् । किन उफ्रनु ? किन गाली गर्नु ? पानी मेयरले दिने हो र ? विचरा आ’को एक बर्ष नि भा’छैन । ल्याउँछु, खुवाउँछु भनिरा’कै  छन् । विचराले पानीको लागि कम्तिा दौडधूप ग¥या छैनन् । कहिले मास्तिर पुग्छन्, कहिले चतरातिर दगुर्छन् । पाँचबर्षमा त कसो नखुवाउलान् ? बरु अहिलेलाई उफ्रने, विरोध गर्ने कुृरालाई थाँति राखेर पानी दलालहरुले चलाएको ट्याकरबाट पानी मगाएर खाँदै गर्दा राम्रो । हिउँद याममा पानी दलालहरुको व्यवसाय अलिकति त फस्टाउनु प¥यो नि । बर्षामा तिनको व्यापार फिट्टो चल्ने होइन । कि कसो हौ ?
उपमा पनि चिप्लेटी खाएछ
पद भनेसी ¥याल चुहाँउदै हिड्ने काँग्रेसको हैसियत अब रवि लामिछानेको हिजो जन्मेको पार्टी भन्दा नि तलतिर लागेछ । अब हेरम न सभामुखमा त गुल्टिया थियो, गुल्टिया थियो उपसभामुखमा नि चिप्लेछ । चिप्लिने देखि देखि किन उपसभामुखमा भिड्न गा’को होला ?
राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना
मगरसँग काँग्रेसले मुक्ताकुमारीलाई कुस्ती खेल्न पठाएछ । विचरी मुक्ताकुमारी के सोचेर भिड्न गाकी होलिन् ? राना मगरले १६६ मत ल्याउँदा जादवले जम्मा ९७ मत हात पारिछन् । आफ्नाको र माकुनेको गरी धन्न त्यति पाइछन् । झालेमालेका अध्येक्षे खप्रओले माकुनेलाई बाल मतलब नदिएकाले काँग्रेसका घर ज्वाईले इमान्दारिता त देखाउनै प¥यो । बारम्बार खप्रओ बोलाइदिए हुन्थ्यो भनेर बाटो कुरेर बसेका माकुनेको यतिबेला साह«ै बिजोग भा’छ । न सत्ता पक्षे न प्रतिपक्षे । कतैबाट केही झर्ला जस्तो छैन ।
सर्पनाथको चालचुल छैन
म राष्ट्रवादी हुँ भनेर चिच्याउँदै आएका झल्लाझलु आच्या सर्पनाथ खनालको हिजोआज चालचुल छैन । अहिलेको गठबन्धनले झलुलाई बाल मतलब देको छैन । दिने कुरा पनि
भएन । निर्वाचन समेत जित्न सक्ने हैसियत नभएका झलुलाई विस्तारै सबैले बिर्सदै गएका छन् । सर्प पाल्ने नाममा राज्यबाट करोडौ रुपैयाँ डकारेका, आफ्नो उपचारमा आफै सक्षम हुँदाहुँदै राज्ये कोषबाट लाखौ रुपैया असुल्ने सर्पनाथ अब के गर्दा होलान् ? अब तिनको  राजकानी सुन्निदा उपचार गर्न विदेश जालान् नि नजालान् ? घण्टाघरलाई बडो कौतुहल लाग्या छ ।
अन्तेमा
बिना ढेउवाके, बिना टिकट सर्लक्क विदेश पठाइदिने माकुने र सप्तरीबाट सिके राउतले मलद्वार जल्ने गरी चाकमा डामेर पठाएका उपिन्दर जादवबीच हिजोआज गम्भीर वार्ता हुन थाल्या छ रे । वार्ताचाहिँ दुवै सडेगलेका अनुहार भएका पार्टी बीचमा एकताको रे । सुन्दै खित्का छाडेर हाँसौ हाँसौै लाग्छ । कसरी एकता होला ? दुवैलाई बाचुन्ज्याल अध्येक्षे चाहिएको छ । अध्येक्षे नपाउँदा माकुने बटारिएर सडक संघर्षमा गाथे । अध्येक्षे छोड्न नमान्दा हिसिला खसम बाउराम जसपाबाट निस्केका थिए । हुन त अध्येक्षे पनि बनिरहने पार्टी पनि एक गर्ने जुक्ति केही निकालेका नि हुनसक्छन् । दुवै अध्येक्षे हुने । यसो भएसी लण्ठैसाफ । कमसेकम माकुने नि राष्ट्रिय पार्टीको अध्येक्षे बन्न पाउने, उपिन्दर नि ठूलो पार्टीको अध्येक्षे भै टोपल्ने ।

तपाईको प्रतिक्रिया