आन्तरिक राजस्व कार्यालय धरानका कम्प्युटर अप्रेटर समेत फँसाइदिने धम्की दिएर लाखौ असुल्छन् कार्यालय प्रमुख आचार्यद्वारा आफ्नै बहिनीलाई करारमा नियुक्त : इमान्दार कर्मचारी आजित

धरान । आन्तरिक राजस्व कार्यालय धरानका कार्यालय प्रमुख गोविन्द आचार्यको निर्देशनमा टार्गेटका नाममा साना व्यवसायीहरुलाई आतंकित बनाई ठूला व्यवसायीहरुसँगको साँठगाँठमा गोरस धन्दा चलाएपछि केही ठूला व्यवसायीहरुको चिन्ता बढेको छ । आफूलाई कर विज्ञ बताउने धरान १२ का एक व्यवसायीले धरानका साना व्यवसायीहरुलाई आन्तरिक राजस्व कार्यालयका प्रमुखको निर्देशनमा आतंकित बनाएको, दुःख दिएको सत्य हो । तर समाचार प्रकाशन गरेर उनीहरुको जागिरलाई दाउमा नलाइदिन गत विहीबार आग्रह गरे ।


आन्तरिक राजस्व कार्यालयले साना व्यवसायीलाई अनेकौ बहानामा दुःख दिएर ठूला व्यवसायीसँग साँठगाँठ गरेर रकम असुलीको धन्दा चलाएको भन्ने समाचार धरान साप्ताहिकमा प्रकाशित भएपछि ती व्यवसायीले भोलि राजस्वका अन्य विंग्सहरु सक्रिय भएमा हामीले दुःख पाउँछौं भन्दै समाचार प्रकाशित नगरीदिन पटक पटक आग्रह गर्नुको औचित्य के हुन सक्छ ? समाचार माध्यमसँग आवद्धता समेत नरहेका र प्रकाशित समाचारमा ती व्यवसायीको संलग्नताको प्रसंग समेत नरहेको अवस्थामा त्यसरी समाचारको विषयलाई लिएर आग्रह गर्नुको अन्तर्य के हुन सक्छ ? आन्तरिक राजस्व कार्यालय धरानका करारमा नियुक्त भएका कम्प्युटर अप्रेटर समेत कार्यालय प्रमुख आचार्यको निर्देशनमा असुली धन्दामा संलग्न रहेको धरानका साना पीडित व्यवसायीहरुले बताएका छन् ।
धरान उपमहानगरपालिका वडा नं. ९ का एक सामान्य किराना पसल सञ्चालन गर्दै आएका एक व्यवसायीले भने रातको समयमा सादा पोसाकमा टन्न जाँड धोकेर घरको कोठामा राखेको नगद उठाएर लैजाने, छोरी चेलीको कोठासम्म पुग्ने, भान्सामा गएर धम्क्याउने कार्य कतिको उचित हो ? धरानको कुनै पनि ठूला व्यवसायीलाई हालसम्म कर छलीको आरोपमा पत्र काट्ने, स्टोक खाता, बिक्री खाता, लेजर खाता चेक गर्ने काम नभएको तर कार्यालय प्रमुख आचार्यको निर्देशनमा साना व्यवसायीहरुलाई मिस म्याचिङ्गको नाममा आयकर ऐन २०५८ दफा १०५ बमोजिम पत्र काट्ने, कार्यालयमा बोलाएर मिलाइदिने नाममा बार्गेनिङ्ग गर्ने र बार्गोनिङ्ग गर्दा अतिरिक्त रकम नझर्ने देखिएमा आयर कर ऐन २०५८ को दफा १०६ बमोजिम पत्र काट्ने् प्रवृत्तिबाट कार्यालयका इमान्दार कर्मचारीहरु समेत आजित भएको आफ्नो नाम उल्लेख नगरिदिने शर्तमा एक कर्मचारीले बताए । उनले भने कार्यालय प्रमुख स्थायी  कर्मचारीलाई छाडेर करारमा नियुक्ति भएका कम्युटर अप्रेटरलाई लिएर हिड्छन् । उनका अनुसार यतिबेला कार्यालयका कर्मचारी दुई गुटमा विभाजित भएका छन् । एकथरि अतिरिक्त असुली धन्दामा लागेका छन् भने अर्कोथरि इमान्दारीपूर्वक काममा लागेका छन् । ती कर्मचारीका अनुसार एकातिर साना व्यवसायीका पसलमा छापा मारेर आफ्नो गोरस धन्दा चलाउने अनि अर्कोतर्फ कार्यालय प्रमुख आचार्यले करारको  कर्मचारीलाई ज्यालादारीमा सारी आफ्नै बहिनी इन्दिरा आचार्यलाई आफ्नै कार्यालयमा करारमा नियुक्त गर्न पुगेका छन् । अत्यन्तै मिठो र विस्तारै बोल्ने कार्यालय प्रमुख आचार्यकै कारण धरानका केही व्यवसायीले व्यवसाय नै छाडेका छन भने केही धरानबाट पलायन समेत भएको ती कर्मचारीले सुनाए । उनले भने केन्द्रको आर्शिवादकै कारण आचार्य लगायत केही कर्मचारीको मनोबल बढेको हो । धरान उपमहानगर पालिका वडा नं. २ देशी लाइनका एक व्यवसायीबाट ८ लाख अवैध असुली गरेका छन् । सामान्य किसाना पसल सञ्चालन गरी बसेका उनको पसलबाट (गाउँ विकास समितिको सिफारिस समेत रहे पनि) उठाएर लिएर गएको सामान हालसम्म फिर्ता गरेका छैनन् । सोही स्थानका अर्का व्यवसायीको समेत सामान उठाएर लगेका छन् ती व्यवसायीले भने तीन महिना भयो आजसम्म सामान फिर्ता दिएको छैन । फोन गरेर बोलाउँछु भन्थे आजसम्म बोलाएका छैनन् । उनले भने स्वदेशी उत्पादनलाई  राज्यले विक्री वितरणका लागि प्रोत्साहन गर्छ भन्ने सुनेको थिएँ तर खै त ? ती व्यवसायीले व्यवसाय गर्ने वातावरण नै छैन । इमान्दारितापूर्वक राज्यलाई कर तिरेर मात्र नहुँदो रहेछ,  कर्मचारीहरुलाई पनि पाल्नु पर्ने ? उनले भने अब व्यवसाय बन्द गर्छु । यस्तै धरान २ शान्तिपथका एक व्यवसायीले आफ्नो व्यवसाय नै बन्द गरेका हिडेका छन् । अन्सु इम्पेक्स नामको उक्त पसलका सञ्चालकबाट कर बाहेक अतिरिक्त रकम बारम्बार आतंकित बनाएर असुल गर्न थालेपछि उनले व्यवसाय नै बन्द गरेका छन् । यसैगरी धरान उपमहानगरपालिका वडा नंं ८ मा अग्रवाल थरका एक किराना व्यवसायीले समेत आन्तरिक राजस्व कार्यालयका कर्मचारी पाल्न नसकिने भयो, अब व्यवसाय नै बन्द गर्नुको विकल्प नरहेको सुनाए । एकातिर कर तिर्नु अर्कोतर्फ कतिदिनसम्म कर्मचारी पाल्नु ? उनले आक्रोस पोख्दै भने । यसैगरी धरान १६ का अर्का व्यवसायीले कर्मचारी आतंककै कारण व्यवसाय नै छाडिदिएका छन् । उनले भने आफू घरमा नभएको बेला कम्प्युटर अप्रेटर लगायत कार्यालय प्रमुख समेत घरमा पुगेर खानतलासी गरे । उनले कार्यालयमै पुगेर त्यस निन्दनीय कार्यको प्रतिवाद गरेका थिए । उनले त्यसरी प्रतिवाद गर्दा कार्यालय प्रमुखको ्रनिधारमा चिट चिट पसिना आएको थियो । उनले ती व्यवसायीले गरेको प्रतिवादको कुनै जवाफ दिन नसकी गल्ति स्वीकारेका थिए । आन्तरिक राजस्व कार्यालयका अर्का एक कर्मचारीले भने पैसा उठाएर हामीले काठमाण्डौ हाकिमलाई पनि पठाउनुपर्छ भन्दै व्यवसायीबाट अतिरिक्त रकम असुली गरेको व्यवसायीको गुनासो छ । आजसम्म आन्तरिक राजस्व कार्यालयमा यस प्रकारको भद्रगोल र कमाउ धन्दा थिएन । उनले भने केही गोरस धन्दा चलाउने कर्मचारीका कारण व्यवसायी आतंकित भएका छन् ।

तपाईको प्रतिक्रिया