धरान । लायन्स क्लब पञ्चकन्याको एक कार्यक्रममा सहभागी हुन पूर्व युवराज्ञी हिमानी शाह धरान १५ दिन ज्ञानचक्षु विद्यालयमा आउनु भएको थियो । लायन्स क्लब अफ पञ्चकन्लायले ‘शिक्षाका लागि एक रुपैया’ अन्तर्गत लायन्सले प्रदान गरेको शैक्षिक सामाग्री वितरणमा साह त्यहाँ आउनु भएको हो । उहाँ बा.प्र. ०१ ०२७ च ६१७१ नं.को गाडीमा आउँदा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

हिमानी टूष्टकी अध्यक्ष समेत रहेकी साहले पानसमा बत्ती बालेर पहिला कार्यक्रमको उद्घाटन गर्नुभयो । क्लबको तालिका अनुसार उहाँले त्यहाँ अध्ययनरत नेत्रहीन विद्यार्थीहरुलाई वाईट क्यान स्टिक, ईयर हियरिङ्ग, स्टेसनरीका सामग्रीहरु तथा ब्लाङकेट लगायतका सामाग्रीहरू वितरण गर्नुभयो् । कार्यक्रममा केही बोल्न चाहनु भएन् हिमानीले । तर कार्यक्रम आयोजकले भने उहाँको मुक्तकण्ठले प्रशांसा गरेका थिए । सामाग्री वितरणपश्चात लायन्स क्लव पञ्चकन्याका डिष्टिूक कोर्डिनेटर इन्द्र खत्रीले पूर्व युवराज्ञी साहले टूसको माध्यमबाट पु¥याएको सहयोग अतुलनीय रहेको बताउनुभएको थियो । उहाँले गरेको कार्यलाई नियाल्दा लायन्स क्लब पन्चकन्याले अझै काम गर्न नसकेको महसुस भएको बताउनुभयो । यस्तै कार्यक्रममा क्लबका डिस्टिूक गभर्नर धिरज गुरुङले शिक्षाका लागि एक रुपैयाले यहाँका विद्यार्थीहरुलाई धेरै सपोर्ट पुग्ने बताउनुभयो । उहाँले शिक्षाको लागि एक रुपैयामा सबैलाई सहभागी हुन आग्रह समेत गरेका थिए । लायन्स क्लब पञ्चकन्याकी अध्यक्ष एकता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रमोद भण्डारी, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजमणी निरौला, लायन्स क्लबका फष्ट लेडि रेखा गुरुङ, लायन्स क्लबका सदस्यहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, राजसंस्थाप्रति आस्थावान स्थानीय बासिन्दाहरु, धरान नगरका विभिन्न स्कुलका शिक्षकहरु, विद्यार्थीहरु, स्वयंसेवकहरु ल्गायतको उपस्थिति रहेको थियो । सो अवसरमा दृटिबिहिन विद्यार्थीहरुलाइ वाइट केन स्टिक २९, १६ जना विद्यार्थीहरुलाई १ बर्ष सम्मको छात्रवृत्ति, १ सय थान स्कुल ब्याग ,स्टेसनरी सामान अन्तर्गत ६ हजार कपी र कलम, जाडोलाई लक्षित गरी ३० ब्लाङकेट। ७५७ थान वाटर फिल्टर, इयर मेसिन ४५५ थान साहमार्फत वितरण गरिएको थियो ।
