सिटी सफारी दुर्घटनामा एकको मृत्यु

धरान । धरानको पुरानो  बजारमा सिटी सफारी दुर्घटना हुदा सफारीमा सवारी एक युवतीको मृत्यु भएको छ । सोमबार दिउँसो पुरानो बजारबाट जाँदै गरकोे प्रदेश १–०२–००३ ह २६५५ नम्बरको सिटी सफारी अनियमित भइ दुर्घटना भएको थियो । दुर्घटनाबाट सिटी सफारीमा सवार धरान–१५ बस्ने १९ वर्षीय ठिना लिम्बुको मृत्यु भएको हो । दुर्घटनाबाट घाइते लिम्बुको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सिटी सवारीका चालक ज्ञानबहादुर थापालाई भने सिटी सवारी सहित इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया