सिधुवाका आगलागी पीडितलाई सहयोग

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ६ मा रहेको सिंधुवा बजारमा भएको आगलागीबाट क्षति व्यहोरेका परिवारलाई छथरजोपाटी गाउँपालिकाले राहत उपलब्ध गराएको छ ।
गाउँपालिकाले पिडित सात परिवारलाई तत्कालका लागि खाद्यान, भाडाँ, लत्ता कपडा नगद उपलब्ध गराएको छथरजोपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिनुभयो ।
अध्यक्ष सुब्बाले जिल्ला विपद् व्यावस्थापन समिती र प्रदेश सरकारलाई घटनाबारे जानकारी गराई सकिएको र प्रदेश सरकारबाट विपत्त परेका नागरिकलाई घर निर्माण लागि हुने सहयोगका लागि समेत गाउँपालिकाबाट निर्णय भई सकेको बताउनुभयो ।


राहत वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गीता गुरुङ्ग खेवा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जीमी, गाउँपालिकाका निवर्तमान अध्यक्ष शेरबहादुर लिम्बु, गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, गाउँपालिकाका कर्मचारी, सुरक्षा निकाय, रेडक्रसका प्रतिनिधी समाजसेवी, लगायतको उपस्थिति रहेको थियो । धनकुटाको सिधुवा बजारमा लागेको आगो नियन्त्रणमा आउन करिब तीन घण्टा लागेको थियो। आगो बसन्तपुरको दमकल, नेपाल प्रहरी, ससस्त्र प्रहरी, स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको हो । आगलागीबाट चार घर जलेका छन ।
त्यस्तै आगो नियन्त्रणको लागि २ घर भत्काइएको थियो । स्थानिय होम बहादुर थापा, डम्बर थापा, झमक थापा, अर्जुन  घिमिरेको घर जलेको हो । त्यस्तै आगो नियन्त्रण लिन स्थानिय सन्तोष राइको घर भत्काइएको थियो । आगो स्थानीय झमक थापाको घरबाट सुरु भएको स्थानीयको भनाई छ ।

तपाईको प्रतिक्रिया