अर्धनग्न भएर दौडिए सयौा युवायुवती

अर्धनग्न भएर दौडिए सयौा युवायुवती, पिए सित्तैमा बियर बेलायतको लिंकनशायरमा हालै हजार भन्दा बढि युवायुवतीहरु केवल कट्टु तथा पेन्टीब्रामा जम्मा भए र एक किलोमिटर सम्म दौडिए ।
मे ८ का दिन पर्ने र्याट रेस एडभेन्चर स्पोर्टस् डर्टी विकको अवसरमा अर्धनग्न युवायुवतीहरु किर्तिमानको लोभमा यसो गरेका थिए, तथापि सफल भने भएनन् ।
११ सय ४६ जना अर्धनग्न युवायुवतीहरु लिंकनशायरको बर्घले हाउसमा जम्मा भए र दौडिए ।
तथापि उनीहरु विश्वकिर्तिमान कायम गर्न सफल भएनन् । गिनिज बुकको रेकर्ड भन्दा त्यो संख्या निकै कम भयो । गिनिज बुकको
रेकर्डमा अर्धनग्न दौडको किर्तिमान अमेरिकाको नाममा रहेको छ । सन् २०११ मा अमेरिकामा २२ सय ७० जना मानिसहरु अर्धनग्न दौडमा सहभागी भएका थिए ।
अर्धनग्न दौडमा सहभागी युवायुवतीहरुले किर्तिमान राख्न असफल भएपनि त्यस्तो हिम्मत गरे बापत दौड सकिएपछि सित्तैमा पिएर पिउन पाए ।
दौड कार्यक्रमका व्यवस्थापकीय निर्देशक जिम मीका अनुसार डर्टी विकेन्डको अवसरमा किर्तिमान राख्नका लागि हजार जना महिला पुरुष अण्डरवेयरमा उत्रिनु हिम्मतिलो काम भएको बताए ।

तपाईको प्रतिक्रिया