छ्या·काजी क¥याप्प
छ्याङ्गकाजी भन्ने महान क्रान्तिकारीलाई वर्तमान जडौरी सरकारले अस्तिका दिन क¥याप्पै पारेछ । छ्याङ्गकाजी आच्या आङ्गकाजी । काजी चौवीसै घण्टा छ्याङ्गकै नशामा हुन्छन् । यस भन्दा अगाडि छ्याङ्गको नसाको शुरुमा पृथ्वी नारायण साहको फोटो देख्यो कि तिनको गलामा एकमानो कफ जमिहाल्थ्यो । कही पृथ्वी नारायाण शाहको शालिक देख्यो कि भुस्याहा कुकुरले एउटा खुट्टो उचालेर तु¥क्याए झै तु¥कयाइ हाल्थे । हु्न त विचरा छ्याङ्गकाजीका के दोष ? गलामा अड्केको कफ साफ त गर्नै प¥यो । त्यसैले उनी आफ्नो गला साफ गर्न हाक्थु हाक्थु गरिहाल्थे । पृथ्वीनारायण शाहको तस्विर र शालिक नदेख्ने हो भन विचरालाई सु पनि आउँदैन, गलामा कफ पनि जम्मा हुँदैन । लौ यतिसम्म त छ्याङ्गकाजीले गर्दैै र व्यहोर्दै आ’थे । अब त हुँदा हुँदा रवि लामिछानेको फोटोमा पनि भ्याइदिएछन् । विचरा छ्याङ्ग काजीलाई रवि लामिछाने घरेलु मन्तरी हुन भन्ने कुराको पत्तै रै’नछ । त्यसैले परे फन्दामा ।

माकुने र बाजे बीच मन्त्रणा
काँग्रेसका घर ज्वाई माकुने र काँग्रेसका बृद्ध घरपेटी बा’ माने पदका लागि सास फेर्नै विर्सिने रामचन्द्रे बाजे बीचमा अस्तिका दिन भलाकुसारी भएछ । बाजे एक्लै लुसुक्क माकुनेको अफिस आलोक नगर पुगेछन् । दुवैको बराबरी हैसियत छ । बराबरी हैसियत भएकाहरुले एक अर्कालाई भेट्नु कुनै अनौठो र नौलो कुरा भयो ? माकुनेको खप्पराँ नि ठक्कर लाग्या छ भने बाजेको त झन कुरै नगरम । धेरै
बेरसम्म दुईले बिलौना पोखे रे । आफू त झन छोरी (प्रचण्ड) पोइल हिडिसक्दा पनि घर ज्वाई बस्नु प¥या छ भनेर माकुनेले बिलौना गरे रे । लास्टाँ बाजेले रसाएका आँखा पुछ्दै त्यै राष्ट्रपति भए नि मलाई दिने वातावरण बनाइदिनु प¥यो भन्दै जम्ल्याहा हात जोडेर लस्किएका छन् । लास्टाँ माुकनेले कर्के आँखा लगाउँदै पाए आफै बजाउथे तँलाई ?
ज्वाइ त हुनु आचार्य जस्तो
हलो द, बरोद गाँड तोतलेके पहनो द भन्ने तराईतिर त्यसै उखान बनाएको होइन । माउवादीका अध्येक्षे, पर्धानमन्तरी प्रचण्डाउका ज्वाइ जीवन आचार्य प्रदेशका मन्त्री बनाइए भनेर यतिबेला माओवादीका अरु सांसदहरु गर्धन पुलाएर बस्या छन् । भुत्रो खान गर्धन फुलाउनु ? ज्वाईलाई छोडेर अरु नन्दीभृंगीहरुलाई मन्त्री बनाउने कुरो हुँदै हुँदैन । पहिला आफ्नाको पालन पोषण गर्ने अनि बँचे खुचेका अरु तिघ्रेहरुलाई छरिदिने हो । सबैले यसै ग¥या छन । प्रचण्डाले गरे भनेर के गर्धन फुलाउनु ? ससुरा केन्द्रको मन्त्री हुँदा ज्वाईले जाबो प्रदेशको मन्त्री पनि हुन नपाउनु ? वात करता है ।
डरलाग्दा क्रसर उद्योगी
नेपालका क्रसर उद्योगी कानुनभन्दा माथि र सरकार भन्दा नि डरलाग्दा छन् रे । होला पनि तिन्लाई मन लाग्यो भने जहाँ नि क्रसर उद्योग खोल्दिहाल्छन् । चाहे त्यो वनको जग्गा होस्, चाहे सरकारको ऐलानीपर्ति होस्, चाहे व्यक्तिका जग्गा किन नहोस् । तिन्लाई मन लाग्नु मात्र पर्छ । कानुन भन्दा मुन्तिर भए तिनले त्यस्ता ठाममा क्रसर उद्योग खोल्ने नै थिएनन् । तिन्ले खालेका क्रसर उद्योगमा अनुगमन गर्ने आँट कसले गर्ने ? अस्तिका दिन पश्चिमतिर एकजना सिडियोले क्रस उद्योगको अनुगमन गरेर अवैध सञ्चालन भन्देछन् । विचराको सरुवाको कागज सिंहदरबारबाट बेतोडसँग पुगि गएछ । क्रसर उद्योगीलाइ छोयो कि सिंहदरबार सक्रिय भइजान्छ । जे होस् क्रसर उद्योगी र सिंहदरबार बीचमा अन्तरंग सम्बन्ध रै’छ । हुनु पनि प¥यो आखिरी दुवैलाई ढेउवा चाहिएको छ ।
सुरामा मस्त जोइपोइ
यहाँ एकथरि मान्छेहरु बुझ्दै नबुझी अर्काको कुरा काटेर हिडेको देख्दा कहिलेकाँही घण्टाघरको कन्सिरी त्यसै त्यसै रनक्क भएर आउँछ । सत्ता नभए भूपू वाल्वाटार निवासी जोइपोइ टिक्नै सक्दैनन, छट्टपट्टी हुन्छ, फेरि फेरि वाल्वाटार छिर्न छिद्रहरु खोज्दै हिँड्छन् भन्थे । तर हैन रै’ छ । अब हेरम न अस्तिका दिन ती जोइपोइ ठाडो घाँटी लगाएर बोतलको रंगीन पानी घुट्क्याइ राथे । टेन्सिन भए त्यसरी नघुट्क्याउनु पर्ने हो । पोइ भन्दा जोइले अलि बढी धोकिछन कि कया हो ओथरा बसेकी पोथी झैँ झोक्रयाएकी थिइन् । हुन त विचराहरुलाई पिरै होला । वाल्वाटामा बस्दा अकटोपस झै सोहोर्न पाइन्थ्यो । अहिले त्यही सम्झेर घुट्क्याएर बस्या त होलान् ।
विश्व गनगने पनि उही……
नेप्लिज थाँग्रेसका विश्व गनगने भनेसी त्यसै त्यसै हुरुक्क गर्ने एकथरि झोलेहरुको हिजोआज अपानवायु नै बन्द भा’ जस्तो छ । भेडे मुखियाका हलिसरनहरुले त पहिल्यैदेखि गति छाड्दै आँथे । सत्ताका लागि न तिनले धर्म हेर्छन्, न खान्दान हेर्छन्, न जात हेर्छन त्यसैले ती भेडे मुखियाका हलिसरनको उपाधीबाट विभूषित थिए । तर पौष २६ गते विश्व गनगनेहरु पनि त्यही कित्तामा गएर उभिएछन् । महान क्रान्तिकारी पर्धानमन्तरीलाई विश्वासको मत घ्यापघ्यापी हालेछन् । ती पनि साढेकै पछि पछि दौडिएछन् । विचराहरु साँढेको राजकानी झर्ला र खाउला भन्दा हुन् ।
मन्त्रिपरिषद्को बैठक
यो मुलु्कमा शासक बन्नेहरु पनि कस्ता कस्ता दिमाग भएका जन्मन्छन् हँ । अब हेरम न अस्तिका दिन पोखरामा यति एयर लाइन्सको विमान दुर्घटना भयो । यता काठमाण्डौमा महान क्रान्तिकारी पर्धानमन्तरीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएछन् । जहाज दुर्घटनासँग मन्त्रिपरिषद्को बैठकको के नाता सम्बन्ध छ कुन्नि ? खरक्क आफ्ना मातहतका प्रहरी प्रशासनलाई उद्वार कार्यमा जुट्नु भनेर निर्देशक दिने कि सिंहदरबारको कुर्सीमा वायु छोड्दै गफ चुट्ने ?
अन्तेमा
धरानको सडक निर्माणमा यतिबेला बग्रेल्ती बहसहरु हुने गरेका छन् । एकथरि सडक बनाए सुकुम्बासी भइन्छ भनेर चिच्याइरहेका छन् भने अर्कोथरि सडक बाइपास भएर गए बजार सु्क्छ भनेर चिन्तित बनेका छन् । झन अर्को थरि त धरानमा किन चाहियो छ लेनको सडक भनेर बुक बुरुक उफ्रिएका छन् । ए गाँठे एक लेनको सडकले हुने हो भने दुहवीतिरै गएर बसे लन्ठै साफ ,न उफ्रनु प¥यो न चिच्याउनु प¥यो ?
