आन्तरिक राजस्व कार्यालय धरानका प्रमुखको निर्देशनमा कर्मचारीहरु फाइल हेरेर रकम असुल्छन् माथिसम्म बुझाउनुपर्छ भनेर रकम लिने गरेको व्यवसायीहरुको गुनासो : बोल्न कोही चाह“दैनन्

धरान । धरानका एक सामान्य व्यवसायीले अब यहाँ व्यवसाय गरेर बाँच्न नसकिने भइयो भन्दै गुनासो पोखे । व्यवसाय बन्द गरेर विदेश जाने सम्मको सोच बनाएका उनले भने १० बर्ष अगाडिको मिस म्याचिङ्गको नाममा साह«ै दुःख दिएका छन् । शुरुमा अप्रुफ गरेर सिग्नेचर नगर्नु पथ्र्यो । उनले आक्रोसित हुँदै भने आन्तरिक राजस्व कार्यालयका प्रमुख गोविन्द आचार्यको निर्देशनमा कहाँबाट पैसा असुल्न सकिन्छ भन्ने धन्दामा केही कर्मचारीहरु लागेको बताए । धरान उपमहानगरपालिका वडा नं. ९ का एक साना व्यवसायीले भने आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरुको घुस्याहा प्रवृत्तिका विरुद्धमा व्यवसायीहरु खुलेर बोल्ने आँट गर्दैनन् । फँसाइदेलान् भन्ने त्रासमा उनीहरु आफू सही हुँदाहुँदै पनि अतिरिक्त रकम (घुस) दिएर पन्छाउछन् । उनले भने– धरानमा साना व्यवसायीहरुलाई तर्साएर ठूला व्यवसायीहरुसँग सेटिङ्गमा घुस खान्छन् ।


धरानका अर्का एक व्यवसायीले भने डिलरबाट मदिराको आइटम ल्याएर राजस्व तिरेर व्यवसाय गर्दै आएका धरानका एक साना व्यवसायीसँग २५ हजार नदिए फँसाइदिने सम्मको कर्मचारीले धम्की दिएका थिए । आफूले कुनै गलत काम र चोरी नगरेकाले  रकम दिन नसक्ने व्यवसायीको जवाफ पश्चात रकम माग गर्ने कर्मचारीहरु अन्तमा एक बोतल रक्सी लिएर हिडेको घट्नाले कर्मचारीहरुको घुस्याहा प्रवृत्ति उजागर गर्छ । टन्न रक्सी खाएर आफूहरु राजस्वका कर्मचारी हुँ भन्दै कोठामा राखेको रकम लिएर हिड्नु, १० बर्ष अगाडिको मिस म्याचिङ्गको नाममा व्यवसायीहरुमा चिठ्ठी आतंक मच्चाउँदै कार्यालयमा बोलाएर अस्वभाविक रकमको बार्गेनिङ्ग गर्नु, अडिटर्ससँग मिलेर व्यवसायीहरुलाई आतंकित बनाउनु, बर्षैपिच्छे अडिट गरे पनि फुल अडिटको नाममा
रकम असुल्दा पनि सम्बन्धित निकायको मौनताप्रति ती व्यवसायीले आश्चर्य व्यक्त गरे । यसै समबन्धमा बुझ्न राजस्व अनुसन्धान विभाग लाजिम्पाट काठमाण्डौस्थित कार्यालयका महानिर्देशक दिर्घराज मैनाली (मो.९८५१०५४५४४) मा सम्पर्क राख्दा सम्पर्क हुन सकेन । धरान १२ का अर्का व्यवसायीले भने अख्तियारले कडाइका साथ आन्तरिक  राजस्वका कर्मचारीको सम्पत्ति छानविन गर्नुपर्छ । यसो गरेमा धेरै सुधार हुन्छ । उनले भने धरानमा व्यवसायको स्थिति चौपट्ट छ । कोरोना कालपछि व्यापार धरासायी छ । यस्तो अवस्थामा टार्गेट र घुसको नाममा जुन दुःख दिने काम भएको छ त्यसले व्यवसायीहरु आत्महत्या गर्ने अवस्थामा पुगेका छन् । उनले भने गत बर्ष मेरोमा हुल बाँधिएर चेकिङ्ग गर्न आए । त्यसबेला म घरमा थिइनँ । हतार हतार घरमा आएँ । स्टोक खाता, बिक्री खाता, खरिद खाता सबै अपडेट थियो । हामी खुद्रा व्यवसायीकोमा एक दुई प्रतिशत तलमाथि हुन सक्छ । बिक्री भइसकेको सामान पनि कसैले चित्त नबुझ्दा फिर्ता ल्याउँछन् । तिनीहरु यो ऊ भनेर निहुँ खोज्न थाले । लास्टमा स्टोक लेजर मागे त्यो पनि दिएँ । कर तिर्ने बेला भएको थियो । उनले भने सर तपाईहरुलाई केही शंका लाग्छ भने खरिद खाता, बिक्री खाता, स्टोक लेजर सबै लैजानुस् । म पहिला कर बुझाउँछु । कर बुझाउन ढिलो भएमा फेरि तपाईहरु प्यानल्टी ठोक्नुहुन्छ । उनीहरु मध्येका एक जनाले तँ (अपशब्द) ठूलो कुरा गर्छस् ? म मेरो औकातमा आएँ भने राम्रो हुँदैन भन्यो । त्यसपछि मेरो पनि पारो चढ्यो ती व्यवसायीले भने । त्यो शब्दले मलाई हीनताबोध, ग्लानी भयो । त्यसपछि ती व्यवसायीले तँ औकातको कुरा गर्छस् ? तैले लगाएको लुगा, आइफोन, सुनको पाँचै औलामा लगाएको औँठी, ब्रासलेट, गर्धनको सिक्री, छोरा छोरीको महंगो स्कूलमा पढाउने खर्च, घरको सजावट, श्रीमतिका गरगहनाको बिल छ ? हामी जस्तै व्यवसायीबाट अनेकौ दुःख दिएर रुवाएर खाएको घुसबाट खरिद गरेको हैनस ? औकातको कुरा गर्छस् भनेर जंगिएपछि अन्तत ः कर्मचारीहरु भागेका थिए । त्यसबेलासम्ममा अन्य धेरै व्यवसायी र सञ्चारकर्मीहरु भेला भइसकेका थिए । सम्भावित हातपातबाट ती घुस्याहा कर्मचारीहरु जोगिएका थिए । धरान वडा नं. २ का अर्का साना व्यवसायीले भने सानालाई तर्साएर ठूला व्यापारीसँग महिनावारी सेटिङ चलेको छ । आज आन्तरिक राजस्व कार्यालयले मिस म्याचिङ्गको नाममा साना व्यवसायीलाइ दुःख दिएको छ ठूलालाई छुएको छैन । उनले भने आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरुले यहाँका ९९ प्रतिशत व्यवसायीसँग कुनै न कुनै बहानामा घुस खाने गरेका छन् । माथिको टार्गेट भन्दैमा ज्यादति त गर्न पाइदैन नि ? उनले भने चेकिङ्गको नाममा जति व्यवसायीको फाइल लैजान्छन् ती सबैसँग अतिरिक्त रकम नअसुली छोड्दैनन् । उनले भने बर्षैपिच्छे अडिट गरेपछि फेरि फुल अडिटको औचित्य किन प¥यो ? फुल अडिटको नाममा रकम असुल्छन् । आन्तरिक राजस्व कार्यालयका कर्मचारीले असाध्यै मेन्टल टर्चर दिएका छन् । उनले भने अन्य दशेमा हेर्ने हो भने व्यवसायीलाई व्यवसायमा राहत दिएको छ, टयाक्समा छुट दिएको छ तर यहाँ त टर्चर मात्र छ । सरकारले व्यवसायीलाई कसरी प्रमोट गर्ने भन्ने नीति नै छैन । घरि राजस्वका कर्मचारीलाई पैसा ख्वाउ, घरि अर्कोलाई । विहानदेखि बलुकासम्म यो क्रम चलिरहन्छ । उनले थपे राजस्वका कर्मचारीको स्ट्याण्डरमात्र सरकारले सुपरिभिजन गर्दा थाहा हुन्छ । उनीहरुले पाउने तलबबाट विहान बेलुकाको गर्जोमात्रै टर्छ ।

तपाईको प्रतिक्रिया