सत्ता विना केही समय पनि बाँच्न नसक्ने शेरबहादुर देउवाले गैह् वाम सरकार बनाउने महात्कांक्षा देखाएपछि उनको चौतर्फी विरोध मात्र भएन अन्तत ः उनले आफ्नो योजना फिर्ता लिएका छन् ।
सत्ताको अन्ध रस्वास्वादन बिना काँग्रेस सभापति देउवाको अर्को नियति देखिँदैन । प्रारम्भदेखि नै काँग्रेसले वामपन्थीहरुसँग गठबन्धन गर्नुु हुँदैन, काँग्रेस एक्लै निर्वाचनमा जानुपर्छ भनेर मुलुकभरिका कार्यकर्ताहरुले आवाज उठाउँदा देउवाले उल्टै त्यस्ता कार्यकर्ताहरुलाई कारबाहीको चेतावनी दिए । गठबन्धनको विरोध गर्ने काँग्रेस नै होइनन् सम्म भने । आफ्नो पकड क्षेत्रमा निर्वाचनमा वामपन्थीहरुलाई मत हाल्न उर्दी जारी गरे । काँग्रेस भनेकै माओवादी हो, माओवादी भनेकै काँग्रेस हो भन्ने अभियान चलाए ।
आम काँग्रेसका कार्यकर्ताको चित्त दुखाएर वामपन्थी बोक्दाको परिणाम काँग्रेस सभापति देउवाले यतिबेला भोग्दै छन् । देउवा पुन ः सत्तारोहण नभएकोमा आम इमान्दार नेपाली काँग्रेसका कार्यकर्ता, बर्षौदेखि काँग्रेसलाई आँखा चिम्लिएर मतदान गर्दै आएका मतदाता, शुभेच्छुक संघ, संगठनहरु देउवाले पुन ः सत्तारोहण गर्न नपाएकोमा खुशी छन् । वेखुशी त औँलामा गन्न सकिने हलिशरणहरुमात्र छन् । नेपालको राजनीतिमा पटक पटक अक्षम सावित भइसकेका देउवालाई आफ्नै स्वार्थका लागि मात्र बोक्दै आएका थिए । खासगरि शेरबहादुर देउवा पत्नी आरजु देउवाको शैली, देउवा प्रधानमन्त्री भएमा मन्त्री बन्ने लाइनमा लागेका अति अवसरवादीहरुको अन्य कार्यकर्ता प्रतिका हेपाहा प्रवृत्ति जस्ता कारणबाट वाक्क भएका इमान्दार कार्यकर्ता यतिबेला औधी खुशी भएका छन् ।
नेपाली काँग्रेस आफैमा सक्षम थियो, एक्लै निर्वाचन लड्न । तर देउवाको छैटौ पटक प्रधानमन्त्री बन्ने महत्वाकांक्षाले बामपन्थीहरुसँगको गठजोड टुटेको छ । यो हुनु थियो ढिलो चाँडो भएरै छाड्यो । गठबन्धन टुट्नुलाई आश्चय मान्नै पदैन । केही समय एक्लाएक्लै भए पनि भेडा भेडाकै बथानमा जान्छ, बाख्रा बाख्राकै बथानमा गएर मिसिन्छ । नेकपा एमालेको मुख्य समर्थनमा प्रचण्ड नेपालको ३४ औं प्रधानमन्त्री भए । उनले विश्वासको मत लिने दिन नजिकिँदै जाँदा देउवाले अनेकौ प्रकारका तुरुपहरु फाले । गैर वामपन्थी सरकार बनाउन उनले आफ्ना आसेपासेहरुको सल्लाहमा अभियान पनि अगाडि बढाए । तत्कालै गैर वापन्थीहरुको सरकार बनाउन सम्भव नदेखेपछि उनको यो योजनाले पनि हावा खाएको छ । आफ्नो योजनाले हावा खाएपछि उनले पुन ः माओवपादीसँग नजिकिने रणनीति बनाएका छन् । प्रमुख प्रतिपक्षीको बेञ्चमा धकेलिए पनि वर्तमान सरकारलाई विश्वासको मत दिएर आगामी दिनमा केही नियुक्तिहरु हत्याउने ध्यान्नमा देउवा र देउवा निकटहरु योजना बनाएरै लागेका छन् । काँग्रेसले यो पुन ः दोस्रो गल्ति गर्दैछ । उसले समर्थन दिनु र नदिनुको औचित्य छैन । काँग्रेस सत्तामा नपुग्नु काँग्रेसका लागि स्वर्णिम अवसर हो । अब उसले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै संगठन सुदृढिकरणमा ध्यान केन्द्रित गर्नुपर्छ । पाँच बर्ष वा त्यसभन्दा अगावै पनि निर्वाचन हुन सक्छ ।
