गल्फ प्रतियोगिता निरन्तताका लागि सम्झौता

धरान । खुकुरी एमेन्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न टाइटल प्रायोजकले ११ लाख दिने सम्झौमा हस्ताक्षर भएको छ । सोमबार खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न धरान गल्फ क्लब र द नेपाल डिस्टिलरी प्रालिबीच सो सम्झौता भएको हो ।


धरान गल्फ क्लबको कार्यालयमा प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधान र क्लबका सचिव भरत तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा खुकुरी रम उत्पादक प्रालिर्ले क्लबलाई एक बर्षको लागि ११ लाख रुपैया दिने सम्झौता भएको खुकुरी रमको असिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधानले जानकारी दिनुभयो । यो सम्झौता एक बर्षको लागि भएकोले प्रालिले उक्त रकम आगामी बर्षको प्रतियोगिताको लागि उपलब्ध गराउनेछ । खुकुरी रम एमेच्योर ओपन गल्फको पहिलो सँस्करण शुक्रबार र शनिबार सम्पन्न भइसकेको छ ।
पहिलो सँस्करण सम्पन्न भएसँगै कम्पनीले प्रतियोगितालाई  निरन्तरता दिने जनाएको हो । ब्राण्ड मेनेजर प्रधानले भन्नुभयोे–‘हामीले प्रतियागिताको लागि एक बर्षको सम्झौता गरेका छौैं । प्रतियोगितालाई निरन्ता दिन प्रत्येक बर्ष सम्झौतामा नविकरण गर्छौ ।’ क्लबका सचिव भरत तामाङले खुकुरी रमले मुख्य प्रायोजन गरेको यो प्रतियोगिताले निरन्तता पाउनेमा आफूहरु आशावादी रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘सम्झौता अनुरुप पहिलो सँस्करण सफलतापूर्वक सम्पन्न भइसकेको छ आगामी बर्ष पनि  खुकुरीले प्रतियोगितालाइ निरन्तरता दिन्छ भन्ने पूर्ण विश्वस्त छौंै ।’

तपाईको प्रतिक्रिया