जोइलाई गगन विश्व टेन्सन
बाल्वाटारबाट पाको पन्तेरो बोकेर धुम्बाराहीतिर आÏना खसमसँगै सरेका मैसापलाई हिजो आज निक्कै टेन्सिन बढ्या छ रे । किन नबढोस् त वाल्टावारमा खुट्टा हल्लाएर चोर औंला ठड्याएर राईदाई गरेकी मैसापलाइ हिजोआज कसैले पुछ्नै छोडेछन् । गोडादशेक हलिशरणहरु विहान बेलुका यसो जदौ गर्न जाने भन्दा बाँकीले फिटिक्कै बाल दिन छाडेछन् । ¥याल नारायणको पद भँजाएर आफ्नै पार्टीका उमेद्वारलाई टिकट दिलाउन करोडौ झ्याम कि झ्याम बजाएको, कर्मचारी सरुवा, बढुवा, ठेक्कापट्टा सबैतिरबाट अक्टोपसले झैँ सोहोरेको मैसापले यतिबेला झलझल्ती सम्झेकी होलिन् । अब कौन पुछे केसरीके दाल ? सत्ता र शक्तिमा हुँदा पो सबैले ज्यूहजुरी गर्छन् । हँटेपछि त सबैले देखाईदिन्छन् गुएँलाको फूल । धुम्बाराहीको बार्दलीमा बसेर गगन र विश्वलाई सरापेरै मैसापको दिन बित्ने ग¥या छ रे । झिँगाको सरापले डिंगा मर्ने भए पो ?
लारायन काजीको उर्दी

हिन्दी फिल्मको पुराना नायक राजेन्द्रकुमारको झैँ रुन्चे थोपडा परेका माउवादी कोटाबाट मन्तरी भा’का लारायन काजीले अस्तिका दिन एउटा उर्दी जारी गरेछन् । तिनले जारी गरेको उर्दीले के माओ मार्ला
र ? केही गतिलै उर्दी जारी गर्लान् भन्या त उही टालाटुली बाटुली झुम्राको पुतली जस्तै । अब हेरम न तिनले समयमै कार्यालय नपुग्ने कर्मचराीहरुको तलब काटिन्छ भन्देछन् । केही दिन सम्म आफ्ना बरियता नमिलेको भन्दै मन्त्रालय नगाका लारायन काजीको उर्दी कस्ले मान्ला ? कर्मचारीहरुले लारायन काजीजस्ता कति मन्तरी खाए, पचाए, गनिसाध्य छैन । कर्मचारी भन्या कर्मचारी हुन् । तिनले चाहे लारायनकाजीलाई थांग्नामै सुताइदिन्छन् । विचरा लारायन काजीलाई यो कुरा कसले सम्झाइ दिने ?
धोती नै लगाई देछन्
झालेमालेका अध्यक्ष खप्रओको काँधमा चढेर सिंहदरबार छिरेका माउवादी अध्येक्षे प्रचण्डाउले अस्तिका दिन कर्मचारीलाई दिएको निर्देशनलाई कर्मचारीहरुले धोती लगाइ दिएछन् । विदेशबाट दुईवटा सम्म मोबाइल ल्याएकाहरुबाट मोबाइल नखोस्नु भनेर प्रचण्डाउले एयरपोर्ट भन्सारका कर्मचारीलाई निर्देशन द्या थे । प्रचण्डाउको निर्देशनले अबचाहिँ केही काम गर्ला कि भन्या लाग्या थियो घण्टाघरलाई । तर निर्देशनले केही लछापाटो लगाएन । उल्टै ल्याउनेहरुको पनि कर्मचारीहरुले झ्याम कि झ्याम खोस्न थालेछन् । देशको मुखियाकै निर्देशन कार्यान्वयन नभएपछि घण्टा हुन्छ ? कि कसो हौ ?
राष्ट्रिय सरकार बनाअँैं रे
तनहुँका रामचन्द्रे बा’को सास पनि सुटुक्क जाला जस्तो छैन । पर्धामन्तरी माग्दा माग्दा थाकेपछि राष्ट्रपतिमा झ¥या थे । पाँच दलीय गठबन्धनबाट राष्ट्रपति बन्न बिचरा बुढी बुढी बा’ले कम्ता दौडधूप ग¥या होइनन् । पुसको कठ्यांग्रिने जाडोमा कहिले श्रीमति पोइल जाँदा नि घर ज्वाई भएर खाएर बसेका थ्रेस होल्डसम्म कटाउने हैसियत नभाका माकुनेकोमा पुग्थे, कहिले प्रचण्डाउकोमा धाउँथे, कहिले राणाको ज्वाईकोमा गगनगन गर्न पुग्थे । विचराले साह«ै मेहनत ग¥या थे । उनको यो दौडधूप पौष ९ गतेसम्म निरन्तर चल्यो । पौष १० गते विचरा Ïलाँट परे । क्यै गर्दा नि आफ्नो अन्तिम घिटघिटो पूरा नभएसी’ पौड्याल वा ओछ्यान प¥या थिए । सास छउन्ज्याल आश हुन्छ भन्छन् । अहिले विचरा बाजेले तै झर्छ कि भनेर राष्ट्रिय सरकार गठन गर्नुपर्छ भन्दै खोक्दै हिड्या छन् । राष्ट्रिय
सरकार बने राष्ट्रपति भ्याएला कि भन्ने विचराको दाउ ।
संसद छिर्न खोज्दै
जसपाका अध्येक्षे उपिन्दर जादव सिके राउतसँगको कुस्तीमा पछारिएपछि विचराको सांसद प्रवेशमा रोक लाग्या छ । पछारिएपछि थपक्कसँग बस्नु नि । संसद छिर्न यतिबेला अनेकौ चोर बाटाहरु खोज्दै छन् रे । आफ्नै साँसदलाई राजीनामा गराएर चुनाव लड्ने योजनामा छन् रे । यसो नभएमा सत्ता गठबन्धनसँग उपराष्ट्रपति मागेर भए नि काम चलाउन खोज्दै छन् रे । कस्ता कस्ता तीसमार खानहरु ससदमा छन् । तिन्ले जादवलाई पद लेलान जस्तो छैन । कि कसो हौ ?
माकुनेको फुइ“
अस्तिका दिन नेपाली राजनीतिमा बिचित्रका मनुवा भनेर चिनिने माकुनेले फुई लगाएछन् । तिनले फुई लगाएको देख्दा घण्टाघरलाई पनि कुरीकुरी लागेर आयो । किन फुई लगाएका होलान् माकुनले । हुन त भ्यागुतो जति उफ्रन खोजे पनि कान्ला मुनि नै रहन्छ । एमालेसँग कुनै हालतमा पार्टी एकता हुँदैन रे । माकुनेले यो चाहिँ सत्य बोलेछन् । माकुनेको पार्टी नै कहाँ छ र ? तीन प्रतिशत जनताको विश्वास नरहेको पनि कहाँ पार्टी हुन्छ ? धन्न काँग्रेसका लाल बुझक्कड देउवालाई थांग्नामा सुताएर गोडादशेक तिनका भृंगीहरुले जितेछन् । न संसद सचिवालयले माकुनेलाई संसदीय दलको नेताको मान्यता दिएको छ, न तिनको पार्टीलई निर्वाचन आयोगले राष्ट्रिय पार्टीको मान्यता दिएको छ । एमालेसँग एकीकरण गर्न त राष्ट्रिय पार्टी हुनुप¥यो नि । वात करता है माकुने ?
आरजुको जोईले फालेछन् पासा
आरजु जोईले अस्तिका दिन एउटा पासा फालेछन् । प्रचण्डाउलाई विश्वासको मत नदिएर सरकार ढाले राप्रपाका अध्येक्षे राजेन्द्र लिंगदेनलाई पर्धानमन्तरी बनाउने रे । हुन त
राणाको ज्वाईको काम अब पाँच बर्षसम्म पासा फाल्ने नै हो । वाल्वाटार छोड्नु पर्दा राणाका ज्वाई मरणासन्न भा’छ । तिनको गोडा देशक हलिशरणहरुले उचालेका उचाल्यै छन् । अब यसैगरि पासा फाल्दै गए भने न बजे बाँसुरी न रहे बाँस हुने पक्का छ । न काँग्रेस रहन्छ न काँग्रेसका ज्वाई । हुन त विचरा के गरुन ? पोथी बाँसेर घरमा टिक्न नदिएसी’ पासा त फाल्नै प¥यो । कि कसो हौ ?
अन्तेमा
पौष २७ गतेपछि मुलुकमा गज्जब हुने छ । प्रचण्ड पथमा हिडेका माओवादी कार्यकर्ताहरु पौष २७ गतेपछि पृथ्वीपथमा हिडेर उत्सव मनाउँदैछन् । माओवादीका कार्जेकर्ताहरु मात्र होइन गिरिजा पथमा हिड्ने थाँग्रेसहरु, माक्र्सवाद लेनिनवादको पथमा हिँड्नेहरुले पनि पृथ्वीपथलाई स्वीकार्ने भएका छन् । त्यसपछि उनीहरु विस्तारै हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्दै सडकमा नारा लगाएर हिड्छन् । जे होस पृथ्वीपथलाई स्वीकार्न प्रचण्डपथले आफ्ना तामाम नन्दीभृंगीहरुलाई आदेश दिइसक्या छन् । यसलाई शुभ मान्नैपर्छ ।
