धरान । आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख गोविन्द आचार्यले टार्गेटका नाममा व्यवसायी आतंकित बनाउँदै आफ्नो कमाउ गोरस धन्दा चलाएका छन् । सुनसरी उद्योग वाणिज्य संघका एक सदस्यका अनुसार विगत केही समय यता व्यवसायीहरुलाई आतंकित बनाउनु आचार्यको दिनचर्या जस्तै भएको छ । म जे पनि गर्न सक्छु, राति १० बजे पनि छापा मारिदिन्छु भन्ने आचार्यले मिस म्याचिङ्गका नाममा सब्जी व्यवसायी, पान पसले, भुजा पसले, जेनतन राज्यलाई कर तिरेर जीविकोपार्जन गर्दै आएकाहरुलाई लाखौं जरिवाना तोक्ने, राति डकैती शैलीमा पसलबाट पैसा उठाएर लैजानु कत्तिको उचित हो ? ती सदस्यले आक्रोस व्यक्त गर्दै भने । आचार्यकै कारण धरान १३ का एक सब्जी व्यवसायीले असफल आत्म हत्याको प्रयास समेत गरेका थिए । ती सब्जी व्यवसायीले भने आर्थिक बर्ष ०७४÷०७५ को मिस म्याचिङ भएको भन्दै फाइन सहित रु २० लाख ९१ हजार ९९६ रुपैया २६ पैसा बुझाउन कात्र्तिक २० गते आयकर ऐन २०५८ दफा १०६ बमोजिम पत्र काटे । त्यसभन्दा अगाडि उनले आयकार ऐन २०५८ को दफा १०५ बमोजिम मिस म्याचिङ्ग भएको भन्दै मिलाउन आउनु भनेर पत्र पठाएका थिए । पहिलो पत्र पठाउँदा ती व्यवसायी काम विशेषले भारत गएका थिए । उनले त्यसरी पठाएको पत्र बुझ्न सकेनन् । स्थानीय निर्वाचन आइसकेकोले आषढ १६ गते ती सब्जी व्यवसायीले २०७७÷०७८ को कर चुक्ता गरेका थिए ।


आयकर ऐन २०५८ को दफा १०६ बमोजिम पत्र कार्यालय प्रमुख आचार्यकै निर्देशमा कर अधिकृत प्रकाश राईले काटेका थिए । ती सब्जी व्यवसायीले भने राईले फोन गरेर कार्यालयमा बोलाए । तपाईको २०७४÷०७५ को हिसाब मिलेको छैन । यसका लागि ५०÷६० लाख सम्म तिुर्नपर्न हुन्छ भन्दा ती सब्जी व्यवसायी धेरैबेर आन्तरिक राजस्व कार्यालयमा कार्यालय प्रमुखका अगाडि रुहेका थिए । सानो तिनो व्यापार व्यवसाय गरेर खानेले यतिका पैसा कहाँबाट तिुर्न भन्दै उनले विलौना पोखेका थिए । अन्त्यमा ती स्रब्जी व्यवसायीबाट रकम नझर्ने देखेपछि कार्यालय प्रमुख आचार्यले अब आफू केही गर्न नसक्ने, दफा १०६ बमोजिम पत्र काटेपछि आफ्नो हातखुट्टा बाँधिएको हुन्छ भन्दै प्रशासकीय पुनरावोकन गर्न काठमाण्डौ जान सुझाव दिएको ती सब्जी व्यवसायीले सुनाए । ती सब्जी व्यवसायीलाई २० लाख ९१ हजार ९९६ रुपैया २६ पैसा फाइन र जरिवानासहितको पत्र पश्चात धरानका व्यवसायी र राजस्वविद् कृष्णकुमार आग्रवाल, प्राध्यापक डा. अशोक झा भन्नुहुन्छ, टार्गेटको नाममा ज्यादति गर्न पाइँदैन । व्यवसायीको व्यवसायको प्रकृति हेरेर पत्र काट्न सकिन्थ्यो । उहाँले भन्नुभयो पाँच बर्ष सम्म आन्तरिक राजस्व कार्यालय के हेरेर बसेको थियो ? पाँच बर्ष अगाडिको बिल भौचर खातापाता कस्ले राख्छ ? सरकारले पनि राख्नु नपर्ने जनाएको छ । हाल ती सब्जी व्यवसायीले काठमाण्डौ पुगेर प्रकाशकीय पुनरावोकन गरेका छन् । पुनरावोलकन गर्नका लागि पत्रमा उल्लेख गरिएको २५ प्रतिशत
धरौटी राख्नुपर्ने हुन्छ । यसका लागि उनले आफन्त, साथीभाइसँग सरसापटी गरी ५ लाख २३ हजार धरौटी राखेर पुनरावोकन गरेको उनले सुनाए । उनले भने अब त रुदा पनि आँशु आउँदैन ।
यता धरान उपमहानगरपालिका वडा नं. १२ स्थित रहेको एउटा सानो पान पसलमा आन्तरिक राजस्व कार्यालय धरानले तीन पटक छापा मारी तर्साउने र आतंकित बनाउने काम आचार्यकै निर्देशनमा भएको छ । २०७९ साउन ८ गतेको राति ८ः३० बजे उक्त सानो पान पसलमा टन्न रक्सी धोकेर राजस्वका कर्मचारीहरु गाडी रोकेर पान खान पान पसल गए । त्यसमध्ये एकजनाले तिम्रो पसललमा खैनी छ भनेर सोधे । छ वैधानिक रुपमा धरानमै बनेको भन्ने जवाफ ती पान पसलेले दिए । त्यतिकैमा उनीहरु जबरजस्ती भित्र छिरे । ती पान पसलेले आफ्नी विरामी आमाको उपचार गर्न दुई बर्षदेखि जम्मा गरेको भारु १ लाख २६ हजार र नेरु १ लाख २२ हजार जबरजस्ती लिएर हिँडे । यो सरासर डकैती हो धरानका एक हार्डवेयर व्यवसायीले भने । के उसले आमाको उपचार गर्न पैसा जम्मा गर्न पाउँदैन ? कसैलाई ठगेको त छैन, कसैसँग मागेको छैन । शारीरिक अपांगता समेत रहेका ती पान व्यवसायीले भने आमाको उपचारको लागि दुई बर्षदेखि जम्मा गरेको पैसा कोठामा छिरेर लिएर गए । आमाको उपचारमा संलग्न चिकित्सका सम्पूर्ण कागजात देखाउँदा पनि उनीहरुले छोडेनन् । अन्तमा पसलमा भएको एक पोका रजनीगन्धा र एक पोका खैनी समेत लिएर हिडे । आन्तरिक राजस्व कार्यालय धरानका कर्मचारीको ज्यादतिका विरुद्धमा भोलिपल्ट उद्योग वाणिज्य संघमा पुगेर घट्नाको वृतान्त बताएँ । हामीले कुरा गरिसकेका छौै आन्तरिक राजस्व कार्यालयमै जानु भने । उद्योग वाणिज्य संघका कुनै पदाधिकारीले मिलाउने कुनै पहल गरेनन् ती अपांग पान व्यवसायीले भने । साउन १० गते आन्तरिक राजस्व कार्यालय बुग्दा ३७ हजार जरिवाना तिराएर नेपाली मुद्रा १ लाख ८५ हजार फिर्ता दिए । भारु एक लाख २६ हजार १ सय ४० रुपैया अवैध हो भन्दै राजस्व अनुसन्धान विभाग इटहरी पठाइदिए । आफू राजस्व विभाग पुग्दा रोशन भन्ने व्यक्तिले बयान लिए । आमाको उचारका लागि दुःख गरेर जम्मा गरेको, आमाको उपचारमा संलग्न कागजात देखाउँदा मलाई २ लाख २ हजार धरौटी त्यही पैसा रहने गरी छोडे । म अपांग छु हालसम्म ४ पटक तारेखमा बोलाइसके । कहिले मेरो छिनोफानो हुन्छ भनेर सोद्धा यहाँ कत्रा–कत्रा, ठूला ठूला केसका फाइल त्यसै छन् । तिमी त एउटा सानो व्यवसायी हौ तिम्रो अहिल्यै हुन्छ ? भन्ने जवाफ दिएको उनले सुनाए । फागुन २९ गते छिनोफानो हुन्छ भनेका छन् हेरौ के गर्छन् ? साह«ै दुःख पाइयो उनले भने ।
