बीपीको राष्ट्रिय मेलमिलापको धज्जी उडाउ“दै का“ग्रेस

पाँच बर्षको लागि प्रदेश र संघीय सरकारको नेतृत्वको लागि पूर्ण रुपले विमुख नेपाली काँग्रेसले यसपटक बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिको धज्जी उडाएको छ ।
नेपाली काँग्रेस बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह जस्ता त्यागी आदर्शवान व्यक्तित्व र सैयौ सहीदहरुको बलिदानले स्थापित राजनैतिक पार्टी हो । तर वर्तमान पार्टीको नेतृत्वमा स्थापित व्यक्ति, तिनको हली सरण, परिवारवादहरुका कारण प्रजापरिषद्को नियतितर्फ उन्मुख भएको छ ।
मुलुक कठिन अवस्थातर्फ गएको अवस्थालाई मनन गरी आफूमाथि लागेका दर्जनौ मुद्धा र आफूलाई फाँसीको सजाय हुन सक्ने सम्मको सम्भावनालाई वेवास्ता गरी वि.सं. २०३३ साल पौष १६ गते बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर भारतको बनारस प्रवासबाट स्वदेश फर्किएका थिए । राष्ट्र र राष्ट्रियताका सवालमा राजासँगै आफू पनि जोडिएको बीपीको कथन थियो । हुन त बीपीले राष्ट्रिय मेलमिलापको नति लिएर स्देश फकर्ननु अगगाडिष् वि.सं.ृ २०२५ सालमै नेपाली काँग्रेसको तत्कालीन कावा अध्यक्ष शुवर्ण शमशेर जबराले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्की राजकाजको अपराधमा बन्दी बनाइएका हजारौ नेपाली काँग्रेसका कार्यकर्तालाई जेलमुक्त गराउनुभएको थियो । सुवर्ण शमशेरकै कारण बीपी, गणेशमानसिंह लगायत दर्जनौनेता कार्यकर्ता २०२५ सालमा जेलमुक्तभएका थिए । सुवर्ण शमशेरको राष्ट्रिय मेलमिलाप नीति मुलुकलाई वा्र्रह्य हस्तक्षेपबाट जोगाउन राजा सहितसँगको एकता थियो ।
यस्तो महान दिनको सम्झनामा यसपटक काँग्रेसले बीपीको राष्ट्रिय मेलमिलाप नीतिको घोर अवमूल्यन गरेको छ । बमपन्थीहरुको घेराबन्दीमा परेको अवस्थामा नेपाली काँग्रसले राष्ट्रिय मेलमिलाप दिवस झारा टराई ढंगले मनाएको छ । यसभन्दा अगाडिकै परम्परालाई उसले निरन्तता दिएको छ । पाँचतारे होटलमा सुकिला, मुकिला, पतित आचारण भएका, भ्रष्टाचारमा मुछिएका, व्यभिचारीहरुका माझमा राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ ।  राष्ट्रिय मेलमिलाप दिवसलाई नेपाली काँग्रेसले ग्रामीण तहमा झोपडीमा लैजानुपथ्र्यो । झोपडीका  सर्वसाधारणलाई बीपी र राष्ट्रिय मेलमिलाप नीतिका बारेमा बुझाउन सक्नुपथ्र्यो । कुन अवस्था र परिस्थितिमा बीपी स्वदेश फर्कनु भएको थियो भन्ने कुरा सुनाउनु पथ्र्यो । जसका कारण झोपडीका सर्वसाधारण काँग्रेसप्रति मोहित हुन सकून । तर त्यस्तो कही भएन । बीपी नबुझेकाहरुले पाँचतारे होटलमा बीपी महान हुनुहुन्थ्यो भनेर फलाक्नुको औचित्य अब रहँदैन । काँग्रेसले आफ्ना आदर्श दिवंगत नेतृत्वका जन्म जयन्ति, स्मृति दिवस गाउँका झोपडीमा मनाउने परम्पराको थालनी गर्नु आवश्यक भइसकेको छ ।

तपाईको प्रतिक्रिया