इटहरी । इटहरी उपमहानगरपालिकाका कर्मचारीहरुले पौष १५ गते सबैलाई लज्जित हुने गरी ताण्डव नृत्य नै देखाएका छन् । उनीहरु एक अर्कामा छिछि¥याई फोहो¥याई बोल्दै मुक्काबाजीमा ओलिएपछि प्रहरीले नियन्त्रणमा समेत लिनु परेको थियो । प्रसंग हो गत शुक्रबारको । नगरपालिकाका सम्पूर्ण कर्मचारीहरु पिकनिक खान पथरी शनिश्चरेको भुल्के सिमसार क्षेत्र पुगेछन् । शुरुमा सबै हासी खुशी खाने, नाँच्ने, गाउने गर्दै थिए त्यसमध्येका एक कर्मचरीले भने । जब १२ बजेपछि ड्रिंक शुरु भयो त्यसपछि एक अर्काले भडास निकाल्न थाले । सबै कर्मचारीको आक्रोसको केन्द्र विन्दु प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता बनेका थिए । कार्यालयमा कर्मचारीहरुसँग रुखो व्यवहार गर्ने मेहतालाई केही कर्मचारीले आमा चकारी गाली मात्र गरेनन् हातपातमै उत्रिएपछि भुल्के सिमसार व्यवस्थापन समितिले प्रहरी नै बोलाउनु परेको थियो आफ्नो नाम उल्लेख नगर्ने शर्तमा वनभोजमा सहभागी एक अर्का कर्मचारीले बताए । झण्डै आधा दर्जन कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको र पछि उनीहरुलाई छोडिदिएको थियो ।
