परिवर्तनशील समाजले ४६ औ राष्ट्रिय मेलमिलाप दिवस मनायो

धरान । परिवर्तनशील समाज धरानले ४६ आौं राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । नेपाली काँग्रेसका संस्थापक नेता तथा प्रजातान्त्रिक समाजवादका प्रवद्र्धक बीपी कोइराला वि.सं. २०३३ साल र्पौष १६ गते मुलुकको अखण्डता, भुराजनीति संकटमा परेको भन्दै आफ्ना दर्जनौ सहयोगीका साथ राष्ट्रिय मलमिलापको नीति दिलएर स्वदेश फर्कनु भएको थियो । पौष १६ लाई नपाली काँग्रेसले प्रत्येक बर्ष राष्ट्रिय मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ । धरानमा पछिल्ला केही बर्ष यता नेपाली काँग्रेसको नगर, क्षेत्रहरुले राष्ट्रिय मेलमिलाप दिवसलाई औपचारिक रुपमै मनाउन छाडेका छन् ।
पौष १६ गते शनिवार  ्रपरिवर्तनशील समाज धरानले धरान १३ र धरान २० को बीचमा निर्माण गरेको बीपी पार्कमा ४६ औ राष्ट्रिय मलमिलाप दिवस मनाएको हो । समाजले दुई बर्ष अगाडि समाजकै सक्रियतामा उक्त स्थानमा बीपी कोइरालाको पूर्ण कदको शालिक निर्माण गरेको थियो । सोही स्थानमा बीपी संग्राहालय निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।


्४६ औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बोल्दै नेपालका वामपन्थी राजनीतिका अग्रज तथा माक्र्सवादी चिन्तक हिमालधन राईले भन्नुभयो बीपी कोइरालाको राष्ट्रिय मिलमिलाप नीतिले राष्ट्रियताको सवालमा सबैलाई एकै ठाउँमा उभिन प्रेरित गरेको छ । तर स्वयम् नेपाली काँग्रेसका कार्यकर्ताहरुले बीपी र उहाँले प्रतिपादन गरेका दर्शनहरुलाई सतहीमात्र बुझेको उहाँको कथन थियो । बीपीलाई बुझ्न गहिरो अध्ययन चाहिन्छ । गहिरो अध्ययन गर्ने जमात काँग्रेसभित्र एक आद्यबाहेक आफूले नदेखेको उहाँको कथन थियो । उहाँले सुम्निमा उपन्यासका सजिव पात्र सुुम्निहाङ्ग र पारुहाङ्गका कुरालाई लिएर राईहरुले चर्को आलोचना गर्ने गरेको प्रसंग कोट्याउँदै सुम्निमा र पारुहाङले समाज जोड्ने कार्य गरेको बुझ्न आग्रह गर्र्नुभएको थियो । बीपी चिन्तन प्रतिष्ठान धरानका अध्यक्ष डा.आनन्द आचार्यले बीपीको राष्ट्रिय मेलमिलाप नीति वर्तमान अवस्थामा थप सान्दर्भिक बन्दै गएको औल्याउनु भएको थियो । डा. आचार्यले भन्नुभयो राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता अझ बढेको छ । मुलुकको वर्तमान अस्थिर राजनीति, मुलुकको राजनीतमा वाह्य शक्तिको हस्तक्षेपले अब राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता बढेको हो । वि.सं. २०३३ साल पौष १६ गते बीपीले किन राष्ट्रिय मेलमिपालको नीति लिएर स्वदेश फर्कनु परेको थियो ? यसको गहिराईमा अब प्रत्येक राष्ट्रवादी नेपालीले पुग्नैपर्छ । यसैगरी नेपाली काँग्रेस धरान नगर समितिका नगर सचिव जितेन्द्र राईले बीपीलाई ६ महिना, बर्ष दिनमा उहाँको पुण्य तिथि, जन्म जयन्ति वा राष्ट्रिय मेलमिलाप दिवसका दिन मात्र सम्झने परिपाटीको अन्त्य हुनुपर्ने भन्दै उहाँले त्यस समयमा अगाडि सार्नुभएका राष्ट्रिय मेलमिलाप नीतिको काँग्रेसका अग्रजहरुलाई व्याख्खा गरिदिन आग्रह गर्नुभएको थियो । परिवर्तनशील समाजका अध्यक्ष एवम् प्रस्तावित बीपी संग्राहालय निर्माण समितिका अध्यक्ष विश्वराज शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, नेपाली काँग्रेस वडा नं. १६ का सभापति किरण आचार्य, नेपाली काँग्रेस प्रदेससभा ‘ख’ का सभापति मुरारी भट्टराईले समेत राष्ट्रिय मलमिलाप नीतिको अझ सान्दर्भिकता बढेर गएको बताउनु भएको थियो । कार्यक्रमको सञ्चालन समाजका सचिव उमेश श्रेष्ठले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया