राप्रपा सरकारका नजाने

धरान । अभिभावकीय भूमिकामा राजसंस्था र हिन्दु राष्ट्रको मुख्य मुद्दा बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी वर्तमान गठबन्धनको सरकारमा सहभागी नहुने भएको छ । माआवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेन संसद भवनमा भएको सर्वदलीय बैठकमा सहभागी हुन पुगेका थिए । धरान साप्ताहिकसँग गरेको टेलिफोन वार्तामा उहाँले भन्नुभयो मुलुकमा  राजनैतिक अस्थिरता नआओस् भनेर वर्तमान सरकारलाई बाहिरैबाट समर्थन मात्र गरेको हो । सरकारमा जाने कुनै सोच नरहेको लिंगदेनले दोहो¥याउनु भयो ।


माओवादी अध्यक्ष प्रचण्डले  पुरानो गठबन्धनबाट ह्याट्रिक गरी एमाले लगायत अन्य दल सहित स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नु भएको छ । । बाहिर बसेर समर्थन गर्दा आफ्ना एजेन्डाहरु कार्यान्वयन गर्न सम्भव छ त भन्ने जिज्ञासामा अध्यक्ष लिंगदेनले भन्नुभयो हामी हाम्रो् मार्ग चित्रमा प्रष्ट छौं ।  राप्रपाले वर्तमान सरकारलाई समर्थन गर्नुहुने थिएन भन्ने एक थरिको मुलुकभरि भइरहेको चर्चाप्रति तपाईका धारणा के छ भन्ने जिज्ञासामा उहाँले भन्नुभयो हामी हाम्रा एजेन्डामै केन्द्रित हुन्छौं । यसमा कसैले आशंका नगर्दा हुन्छ, लिंगदेनले भन्नुभयो ।

तपाईको प्रतिक्रिया