झापा । झापाको कनकाई नगरपालिका–४ का ५५ बर्षीय पदम लाल बास्तोलाको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले उनकै बुहारीलाईे पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा (भाई बुहारी) कनकाई नगरपालिका–४ कि ४८ बर्षीया रनमाया बास्तोला रहेकी छन । पुस ७ गते बिहिबार शिवसताक्षी नगरपालिका–१० मा रहेको माइखोलाको बगरको काँस घारीमा पदम लाल बास्तोला मृत अवस्थामा फेला परेका थिए । प्रहरीले गरेको अनुसन्धानबाट रनमाया बास्तोलाले पुस ६ गते मृतक बस्तोला सँगै घाँस काट्न गएका बेला हँसिया प्रहारी गरी हत्या गरेको खुल्न आएको थियो । हत्याको आरोप लागेका रनमायालाई पुस ८ गते हत्यामा प्रयोग भएको हँसिया सहित पक्राउ गरिएको थियो । पक्राउ परेकी रनमायालाई पक्राउ गरी थप अनुसन्धान
गरिहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
