मोरङ । नेपाल प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तबहादुर कुँवरले जनताको सुरक्षा र सेवालाई प्राथमिकतामा राखेर काम गर्न प्रदेश १ का मातहतका प्रहरी कार्यालयका प्रहरीहरुलाई निर्देशन दिनुभएको छ । प्रहरी नायव महानिरीक्षक कुँवरले १ नम्वर प्रदेशमा रहेका जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी र नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबी सुनसरीमा कार्यरत सम्पूर्ण प्रहरीहरुलार्ई कानुनको परिधिमा रही प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी काम गर्न निर्देशन दिए । उहाँले भन्नुभयो–‘ प्रहरीको ऐन तथा नियमावलीमा रही सीमावर्तीक्षेत्रमा हुने अपराध, चोरी तस्करी नियन्त्रण गरी नागरीकहरुको जिउ धनको सुरक्षामा खटिनुस् ।’ उहाँले राजश्व चुहावट नियन्त्रणलाई रोक्न निर्देशन दिए । एक नम्वर प्रदेश प्रहरी प्रमुख सुदिप गिरीले समेत सो अवसरमा सम्पुर्ण प्रहरी कर्मचारीहरु इमान्दारीपूर्वक काम गर्न निर्देशन दिनुभएको थियो ।
