अवैध सामान बरामद

झापा । झापाको मेचीनगर नगरपालिका–८ बाट प्रहरीले अवैध सामानहरु बरामद गरेको छ । बिशेष सुचनाको आधारमा शनिवार बिहान जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सडक छेउमा रहेको पुरानो गोठमा वेवारीसे अवस्थामा रहेको करिव २० लाख मुल्य  बराबरको कपडा र मोटर पार्टस बरामद गरेको हो । बरामद भएका सामानहरुलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुभाइएको छ ।

तपाईको प्रतिक्रिया