तीन महिनापछि कार्यपालिका बैठक बस्यो

धरान । तीन महिनादेखि अवरुद्ध कार्यपालिका बैठक सोमबार बसेको छ । असोज १३ गते बसेको कार्यपालिका वैठकमा मेयर र वडाध्यक्ष तथा कार्यपालिका सदस्यबीच भएको विवाद समाधान नभएपछि बस्न सकेको थिएन । तर धरान उपमहानगरपालिका उपमेयर अइन्द्र विक्रमले विवाद समाधानका लागि पहल गरेसँगै विहीबार कार्यपालिका बैठक बसेको हो ।
धरान १७ मा रहेको सप्तरङ्घगी पार्कलाई वहुजातिय पार्क बनाउने मेयरको एजेन्डामाथि छलफल हुँदा मेयर साम्पाङले कार्यपालिका सदस्य अनुप देवानलाई ‘निस्केर जानुस्’ भनेपछि विवाद चुलिएको थियो । विवादपछि सहमति जुट्न नसक्दा कार्यपालिका बैठक बस्न सकेको थिएन । विहीबार बसेको बैठकमा एजेण्डामा प्रवेश गर्नुअघि मेयर साम्पाङ, उपमेयर बेघा र वडाअध्यक्षहरु वडा १५ का नरेश इवारम, वडा १८ का नरेन्द्रकुमार राई (प्रविण) र वडा १७ का सुर्यबहादुर भट्टराई (मनोज) ले क्रमशः कार्यपालिका बैठकमा आफ्ना कुरा राख्नु भएको थियो ।


कार्यपालिका बैठकपछि बोल्दै मेयर साम्पाङले कार्यपालिका सदन पनि भएकोले बैठकमा धेरै कुरा उठ्ने् बताउनुभयो । उहाँले विगतमा भएका विवादलाई बिर्सिएर आगामी दिनमा सबै मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । मेयर पछि बोल्दै उपमेयर बेघाले विगतका घट्ना क्रमलाई बिर्सेर अगाडि बढ्नुपर्ने धारणा राख्नु भएको थियो । उहाँले विगतमा भएका गल्ति नदोहो¥याई अब सच्चिएर जानुपर्नेमा जोड दिनुभयो ।  धरान १० का वडाध्यक्ष विमति एजेन्डामा सबैको छलफल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भने धरान १७ मा रहेको सप्तरंगी पार्कको एजेण्डामा सबैले सहमति जनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । यसैगरी वडा नम्बर ६ का अध्यक्ष मातृका भट्टराईले मेयरले राखेको एजेन्डा धरान विकासको लागि नै सोचेर राखेको बताउँदै साना सान विवादमा अल्झिन नहुने बताउनुभयो । सोमबारको कार्यपालिका बैठकमा धरान उपमाहानगरपालिका भएर बग्ने ५ वटा खोला सेउती, सर्दु, सेहरा अँधेरी र पटनालीका वगरहरुबाट खोला जन्य पदार्थहरु उत्खन्न तथा सकलनका सम्बन्धमा छलफल गरिएको थियो ।

तपाईको प्रतिक्रिया