विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिद्वारा खुल्ला गजल प्रतियोगिता हुने

धरान । विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समितिद्वारा विश्व व्यापी खुल्ला गजल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा भाग लिन चाहने गजलकारहरुले आगामी फागुन ३ गते सम्ममा महासंघले उपलब्ध गराइएको इमेल ठेगानामा आफ्ना रचना पठाउन आग्रह समेत  गरेको छ ।


महासंघले गजलका नियमहरु समेत सार्वजनिक रुपमा गजलकारहरुको जानकारीका लागि सूचित गराइसकेको छ । सार्वजनिक गरिएका नियमहरुमा गजल नेपाली भाषा र देव नागरिक लिपीमा लेखिएको हुनुपर्ने, गजल थोरैमा पाँच र बढीमा सात शेरमा  रचना गरेको हुनुपर्ने, प्रतियोगितामा प्रेसित गजलमा तखल्लुस (गजलकारको छोटो नाम÷उपनाम प्रयोग) गर्न नपाइने, कुनै औपचारिक कार्यक्रममा वाचन गरिएको, सामाजिक सञ्जाल वा पत्रपत्रिकामा प्रकाशित भएको गजल प्रतियोगितामा पेश गर्न नपाइने, प्रतियोगितामा प्रेषित गरिएको गजल नतिजा सार्वजनिक नभएसम्म कही कतै औपचारिक कार्यक्रममा वाचन गर्न र सामाजिक सञ्जाल वा पत्रपत्रिकामा प्रकाशित गर्न पाइने छैन । त्यसो गरेमा गजल अमान्य हुने, गजलको सिद्धान्तलाई अबलम्बन गरेर रचिएको गजलको मात्र मूल्यांकन हुनेछ । गजलकारहरुलाई उत्कृष्ट पुरस्कारको व्यवस्था समेत गरिएको छ । जसमा प्रथम हुनेलाई २५ हजार र प्रमाणपत्र, द्वितीय हुनेलाई २० हजार र प्रमाणपत्र, तृतीय हुनेलाई १५ हजार र प्रमाणपत्र र सान्त्वना पुरस्कार १०÷१० हजारको दुई जनालाई प्रदान गरिने भएको छ ।

तपाईको प्रतिक्रिया