मोरङमा दुई किशोरी बलत्कृत

धरान । मोरङको सुन्दर  हरैचा नगरपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत दुई किशोरी बलत्कृत भएका छन् । कक्षा ८ र ९ मा अध्ययनरत १४ बर्षीया दुई किशोरी बलात्कारको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले पाँचजना युवाहरुलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाले दिनुभएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा सुन्दर हरैचा नगरपालिका वडा नं. ६ का २१ बर्षीय प्रताप तामाङ, वडा नं. ४ का २० बर्षीय सचिन तिम्सिना, वडा नं. ५ का २० बर्षीय बेञ्जु चौधरी, वडा नं. ७ का ३२ बर्षीय बिक्रम भण्डारी र वडा नं. ६ का २० बर्षीय पदम कार्की रहेका छन् । अन्यको समेत बलात्कार घट्नामा संलग्नता रहे नरहेको भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको  प्रहरी निरीक्षक धमलाले बताउनुभयो । उहाँले भन्नुभयो, पौष १ गते शुक्रबार विद्यालयमा पठन पाठन नभएपछि दुवै किशोरीहरु नजिक रहेको गौशाला घुम्न र स्थानीय स्तरमा भइरहेको फुटबल प्रतियोगिता हेर्न गएको र युवाहरुको समूहले नजिकै रहेको होटलमा पु¥याई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । बलात्कारको घट्ना सार्वजनिक भएपछि स्थानीय स्तरबाटै ढाकछोप गर्ने प्रयास भएको थियो । स्थानीय नेताहरुले घट्नालाई सामसुम बनाउने प्रयास भइरहेको भन्ने सूचना पाएपछि प्रहरीले तत्काल संलग्न युवाहरुलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक धमलाले बताउनुभयो । प्रहरीले युवती बलात्कृत भएको होटल सञ्चालकलाई समेत नियन्त्रणमा लिएर आरोपित युवाहरुलाई करणी मुद्धामा सोमबार जिल्ला अदालत मोरङबाट म्याद थप गरिएको छ ।

तपाईको प्रतिक्रिया