धरान । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ, कार्यपालिका सदस्यसहित २० वटै वडाध्यक्षमा वेमेल हुँदा कार्यपालिका बैठक बस्न सकेको छैन भने विकास निर्माणका फाइल, प्रशासकीय कार्य
रोकिएको छ । असोज १३ गते बसेको कार्यपालिकाको बैठकको पहिलो एजेन्डा धरान १७ मा बन्दै गरेको सप्तरंगी पार्कलाई वहुसाँस्कृतिक पार्क बनाउने योजना मेयर साम्पाङले अगाडि सारेपछि कार्यपालिका सदस्य अनुप देवानले त्यसलाई सप्तरंगी पार्क नै बनाउँदा उचित हुने सुझाव दिएपछि विवाद भएको थियो । विवादका क्रममा मेयर साम्पाङले कार्यपालिका सदस्य देवानलाई ‘निस्केर जानुस्’ भन्ने शब्द प्रयोग गरेपछि कार्यपालिका वैठक स्थगित भएको थियो । सोही विवादपछि मेयर साम्पाङले माफी माग्नुपर्ने अडान राखेसँगै अहिलेसम्म कार्यपालिका बैठक बस्न सकेको छैन । विवाद झन झन चर्किएर गएको छ ।

धरान उपमहानगरपालिका मेयर एकापटि र कार्यपालिका सदस्य र वडाध्यक्षहरु अर्कोपटि भएर आ–आफ्नो अडान नछोड्दा धरान उपमहानगरपालिकाको पटक पटकको कार्यपालिका बैठक स्थगित भएको हो । बैठक चल्न नसक्दा कार्यपालिकाबाट निर्णय गर्ने प्रशासकिन कार्य, विकास निर्माणका कार्यहरु अवरुद्ध भएका छन् । वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले कार्यापालिका बैठकमा सदस्यमाथि बोलेको अपशब्दको माफी माग्नुपर्ने अडान राखेका छन् । यही विषयलाई लिएर २० वटै वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले विहीबार धरान उपमहानगरपालिकाकै प्रांगरणमा पत्रकार सम्मेलन गरेर मेयरको कार्यशैलीप्रति प्रश्नचिन्ह उठाएका थिए । सो अवसमा उपमहानगरपालिकाका प्रवक्ता एवम् धरान १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई (मनोज)ले कार्यपालिका बैठकमा कार्यपालिका सदस्यमाथि गरेको दुव्र्यहार नसच्याउनजेलसम्म कार्यपालिका बैठकमा सहभागी नहुने बताउनु भएको थियो । उहाँले नगरप्रमुखले कार्यशैली परिवर्तन गरी म नभई हामी भन्ने भावनाको विकास नगरेसम्म कार्यपालिका बैठकमा सहभागी नहुने बताउनुभयो । उनीहरुले मेयर साम्पाङले विभिन्न विकास निर्माणको लागि आवश्यक उपभोक्ता समिति गठनमा रोक लगाएको, बिना निर्णय साबुन उद्योग निर्माण कार्य शुरु गरेको, बीपी पार्कको नाम परिवर्तन गरी बिना निर्णय आफm्नो फोटो राखी श्रम सँस्कृति पार्क नामाकरण गरेको, सामाजिक सञ्जालमा तुच्छ शब्दहरु प्रयोग गर्दै गालीगलौज गर्र्दै प्रस्तुत भएको, जातीय सद्भाव खलबलिने गरी चमारे भन्ने शब्द प्रयोग गरी दलित समुदायको आत्मा सम्मानमा चोट पु¥याएको लगायत आरोप लगाएका छन् । साम्पाङले सामाजिक सञ्जालमा प्रयोग गरेको ‘चमारे’ शब्दले दलितहरुको अपहेलाना भएको भन्दै दलित समुदायका तीन जना कार्यपालिका सदस्यहरु आन्दोलित भएका छन् । उनीहरुले नगरप्रमुख जस्तो गरिमामय पदमा बसेर दलित जातिमाथि अपमान हुने शब्द प्रयोग गरिएकोले आन्दोलित हुनुपरेको बताएका छन् ।् यही विषयलाई लिएर विहीबारको कार्यपालिका बैठक समेत बस्न सकेन । कार्यपालिका सदस्य र वडाध्यक्षहरुले राखेको कुरालाई चिर्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले शुक्रबार पत्रकार सम्मेलन गरी आफूले कसैलाई अपेहित हुने खालको शब्द प्रयोग नगरेको बताउनुभयो । उहाँले स्थानीय तह सञ्चालन ऐन अनुसार कार्यपालिका बैठक अवरुद्ध बनाएर वडाध्यक्षहरुले अनिर्णयको बन्दी बनाएको भन्दैे माफी माग्नुपर्ने आधार नभएको प्रष्ट पानुभयो । यही विषयलाई लिएर तीन पटक बोलाइएको कार्यपालिका बैठक वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बहिष्कार गरेका छन् । मेयर हर्क साम्पाङ र कार्यपालिका सदस्य तथा वडाध्यक्षहरुको खिचातानीका कारण धरान उपमहानगरपालिकाको प्रशासकीय तथा विकास निर्माणका काम अवरुद्ध भएका छन् । वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले मेयरले माफी माग्नुपर्ने र मेयरले गल्ति नगरेकाले माफी नमाग्ने अडान लिँदा यो समस्या अझै चुलिदै गएको छ ।
