धरान । अन्र्तराष्ट्रिय कोदो (मडुवा) Millets बर्षको पूर्व सन्ध्यामा भारत नेपाल संयुक्त कृषि भेला सम्पन्न भएको छ । भारतीय राजदूतावास काठमाण्डौल International Year Millets-2023 प्रारम्भ हुनु अगाडि कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण (APEDA सँगको सहकार्यमा मंसिर २९ गते भारत नेपाल कृषि भेलाको आयोजना गरेको हो ।
उक्त भेलामा भारतीय कृषि अनुसन्धान परिषद्ले समेत सहभागिता जनाएको थियो । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कार्यक्रममा सहभागी नेपाली टोलीको प्रतिनिधित्व गर्नुभएको थियो । सन २०२३ लाई अन्तर्राष्ट्रिय कोदो बर्षका रुपमा मनाउन यस अगाडि भारतले गरेको प्रयासमा विश्वका अन्य ७२ वटा देशले समर्थन जनाएसँगै सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो बर्षको रुपमा मनाउने प्रस्ताव सन् २०२१ मा संयुक्त राष्ट्र संघले पारित गरेको थियो ।

भारत विश्वमा सबैभन्दा धेरै कोदो उत्पादन गर्ने देश हो । भारतले कोदोका विभिन्न ९ प्रजातिका बार्षिक करिब १७ लाख टन कोदो उत्पादन गर्छ जुन कोदोको परिमाण विश्वव्यापी उत्पादनको २० प्रतिशत हो । कोदोमा विभिन्न प्रकारका पौष्टिक तत्वहरु पाइन्छन् । कोदो पर्याप्त पानी नपाइने सुख्खा जमिनमा कम बर्षा हुने स्थानमा सहजै फल्छ र मौसम परिवर्तनले पनि यसको उत्पादनमा खासै प्रभाव पार्दैन । खाद्यान्नमा मुलुकको आत्मनिर्भरता बढाउन तथा आयातीत खाद्यान्न (अन्नमा) परनिर्भरता कम गर्न कोदोको भूमिका प्रभावकारी हुने खाद्य तथा कृषि संगठनको ठम्याई छ । भारत नेपाल कृषि सहकार्य सन् २०१८ देखि शुरु गरिएको हो । विशेषगरि कृषि अनुसन्धान, विकास र शिक्षा सम्बन्धी सहयोगात्मक परियोजनामा केन्द्रित कृषिमा भारत नेपाल नयाँ साझेदारीमा आधारित छ । भारत र नेपाल कोदो लगायतका विभिन्न कृषि उत्पादनका लागि एक अर्कामा महत्वपूर्ण व्यापारिक साझेदारी हुन् । आयोजित भेलालाई सम्बोधन गर्दै भारतीय राजदूतावासका नियोग प्रमुख प्रसन्न श्रीवास्तवले विश्वमा खाद्य सुरक्षा सुनिश्चित गर्न कोदोको विशेष महत्व रहेको चर्चा गर्नुभएको थियो । APEDA का निर्देश डा.तरुण बजाजले अन्तर्राष्ट्रिय कोदो बर्ष २०२३ का लागि APEDA ले गरेको निर्यात प्रवद्र्धन र क्षमता अभिवृद्धि प्रयासमा रहेको चर्चा गर्नुभएको थियो । सो भेलामा नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले नेपालमा कोदोको महत्व बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले कृषि क्षेत्रमा रहेका द्विपक्षीय सहकार्यका क्षेत्रहरु पनि पहिचान गर्दै यसको उत्पादन बृद्धिमा जोड दिनु भएको थियो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठल Millets Promotion Endeorours of the Government of Nepal and Intermnnational Year of Millets 2023 का बारेमा विचार व्यक्त गर्नुभएको थियो । कृषिमा भारत–नेपालबीचको सहकार्यलाई निरन्तता दिँदै अन्तर्राष्ट्रिय कोदो बर्ष २०२३ मा केन्द्रित हुँदै
भारतीय राजदुतावासले बर्ष २०२३ भरि नै विविध गतिविधि तथा कार्यक्रम सहित कोदोको प्रबद्र्धन गर्ने भएको छ ।
