यस पटकको निर्वाचनमा स्वतन्त्र उमेद्वारको ‘क्रेज’ बढ्दै

धरान । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभामा स्वतन्त्र उमेद्वारहरु दलहरुभन्दा बढी रहेका छन् । सुनसरी क्षेत्र नं. १ मा कुरा गर्ने हो ्िरभने प्रतिनिधिसभामा ११ जना स्वतन्त्र उमेद्वार र ९ जना दलका उमेद्वार छन् । स्थानीय तहको निर्वाचनपश्चात स्वतन्त्र उमेद्वारी दिनेको सख्या बढ्दै गएको हो । कसैले स्वतन्त्रको भविष्य देखेका छन् भने कसैले विगतमा गरेका कामलाई आधार बनाएर स्वतन्त्र उमेद्वार दिएका छन् ।


धरान र विष्णुपादुका जोड्ने पुल निर्माण, धरान पानबारी जोड्ने पुल निर्माण, भूमिसुधार मन्त्रालय अन्तर्गतको मालपोत र नापी कार्यालयको पानबारीमा निर्माण, धरान पानबारी सडक कालोपत्रे, सेउती पानबारी चोक्टी सडक निर्माण लगायत दर्जनौ विकास निर्माणमा सहभागी जनाउनु भएका स्वतन्त्र उमेद्वार भट्टराई जिताउन सुनसरीका युवा, समाजसेवी, जेष्ठ नागरिकहरु लागि परेका छन् । धरान ६ का स्थानीय युवा डम्बर विष्टले पदमा नरहँदा पनि धरानको विकास निर्माणमा भट्टराईले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । धरान ६ का समाजसेवी कृष्णप्रसाद. गौतमले विगतमा दलहरुले जितेर गएपछि गाउँको विकास त परे जाओस् आश्वासन बाडेर विकास नगर्ने, फर्केर पनि गाउँ नआउने गरेको बताउदै विकास गर्ने नेताको रुपमा मातृकलाई जिताउन सबैको प्रयास रहेको बताउनुभयो । यस्तै अर्का युवा सुवास विश्वकर्माले दलहरु हरेक हिसाबले फेल भइसकेको बताउनुभयो । उहाँले दलहरुले जितेर गए पनि विकासको नाममा फौडीकौडी काम नभएको बताउदै यसपटक भट्टराईलाई जिताउन अभियानलाई नै चलाएको बताउनुभयो । यता उमेद्वार भट्टराईले भने जनताले अब काम गर्ने उमेद्वारलाई भोट दिनुपर्ने बताउनुभयो । उहाँले आफू कुनै पदम नहुदा पनि यस क्षेत्रको विकासमा साना योजनादेखि ठूला योजनामा पहल गरेको बताउदै अब विकासप्रेमी नेतालाई जिताउन आग्रह गर्नुभयो । दलका उमेद्वारभन्दा स्वतन्त्र उमेद्वार चुनावी मैदानमा उत्रिएपछि यसपटक जनता समेत रनभुल्लमा परेका छन् । दलका नेतालाई छानेर पठाउने हो कि स्वतन्त्रलाई पठाउने हो दोधारमा छन् । तर अरु उमेद्वार भन्दा भट्टराईलाई भने युवा, जेष्ठ नागरिक तथा सर्वसाधारणहरु खुलेर लागेका छन् । चुनावी प्रचारप्रसारमै खुलेर लागेका छन् । उहाँको जित सुनिश्चित हुने हो होइन भन्ने विषय भने अझै अन्यौल नै छ, यस विषयमा थाहा पाउन मसिर ४ को निर्वाचन कुर्नै पर्ने हुन्छ । सुनसरी क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा दलको भन्दा स्वतन्त्र उमेद्वारको संख्या बढी देखिएको छ । सुनसरी क्षेत्र नं. १ का निर्वाचिन अधिकत कार्यालय रुद्र अधिकारीका अनुसार प्रतिनिधिसभा र प्रदेसभा गरी ४७ जनाको उमेद्वारी परेको छ । त्यसमध्ये स्वतन्त्र २५ जना र पार्टीका तर्फबाट २२ जना उमेद्वारी परेको छ । यसमध्ये सुनसरी क्षेत्र नं. १ क मा पार्टीकातर्फबाट ७ र दलका उमेद्वारबाट ७ गरी १४ जनाको उमेद्वारी परेको छ भने प्रदेश १ ख मा पार्टीका उमेद्वार ६ जना रहेका छन् भने स्वतन्त्र उमेद्वार ७ जना रहेका छन् । यसैगरी प्रतिनिधिसभा सदस्यका लागि पार्टीका उमेद्वार ९ जना र स्वतन्त्र उमेद्वार ११ जना रहेका छन् ।
त्र

तपाईको प्रतिक्रिया