मिशन, भिजन र एक्सन भएका उमेद्वार नभएकोले मैले उमेद्वारी दिएको हुँ– मनोजकुमार मेन्याङ्बो

धरान । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब ११ दिन मात्र बाँकी रहेको छ । उमेद्वारहरु मतदाताको घरदैलोमा गएर आफूलाई मत दिन आग्रह गरिरहेका छन् । यसपटकको निर्वाचनमा विगतको भन्दा पृथक रहने अनुमान घरदैलोमा पुग्ने उमेद्वारहरुले मात्र गरेका छैनन् स्वयम् राजनैतिक पार्टीका कार्यकर्ताले पनि गरेका छन् । पुरानै मुद्दा जुन आजसम्म कहिल्यै गर्न नसक्ने, पुरानो अनुहारहरुप्रति मतदाताहरुको आक्रोस जति जति निर्वाचन निकट आउँदै छ त्यति त्यति प्रकट हुन थालेको छ ।


सुनसरी क्षेत्र नं. १ को सवालमा पनि यही कुरा प्रष्ट देखिएको छ । कथित गठबन्धनको नाममा मिशन, भिजन र एक्सन केही नभएका बाह्य अनुहारहरुलाई ल्याएर प्रतिनिधिसभाको उमेद्वार बनाएपछि धराने मतदाताहरु यसपटक गठबन्धन नेतृत्वको निर्देशन विपरीत मंसिर ४ गते मतदान गर्ने मनस्थितिमा पुगेका छन् । सही उमेद्वारलाई मतदान गर्नै पो नपाइने हो कि भन्ने धरानेहरुका माझमा मिसन, भिजन र एक्सनमा आफ्नो पहिचान बनाउनु भएका धरानका डाइनामिक व्यक्तित्व मनोजकुमार मेन्याङ्बोल स्वतन्त्र रुपमा उमेद्वारी दिनु भएपछि सुनसरी क्षेत्र नं. १ का मतदाताहरुले आफ्नो मतको सदुपयोग हुने विश्वास व्यक्त गरेका छन् । यसै सम्बन्धमा विकासप्रेमी, धरानको रैथाने बासिन्दा एवम् धरान उपमहानगरपालिकाका पूर्व प्रमुख स्वतन्त्र उमेद्वार मनोजकुमार मेन्याङ्गबोसँग हामीले तपाईको उमेद्वारी किन र के का लागि भनेर जिज्ञासा राख्दा उहाँले भन्नुभयो नेपालका राष्ट्रिय पार्टीहरु र त्यसका नेताहरुले सुनसरी क्षेत्र नं. १ का नेताहरुलाई हेर्ने दृष्टिकोणमा कहिल्यै परिवर्तन आएन । चाहे त्यो काँग्रेस होस्, चाहे एमाले होस् वा अन्य होस् । यहाँका कार्यकर्ता नेतृत्वबाट लादिने प्रवृत्तिबाट प्रताडित छन् । नेताहरुले कहिल्यै कार्यकर्ताको स्वाभिमानलाई ख्याल गरेनन् । कार्यकर्तालाई दाश मानसिकताको व्यवहार गरिरहे । जसका कारणले यस क्षेत्रको विकासदेखि लिएर परिवर्तन अनि स्थानीय स्तरमा पार्टीकार्यकर्ताहरुको व्यक्तित्व विकास सम्ममा असर परेको छ । प्रत्यासी मेन्याङ्बो भन्नुहुन्छ हाल दलबाट गठबन्धनको नाममा उमेद्वार बनेकाहरुमा मिशन, भिजन र एक्सन कसैमा देखिएन । यसैका लागि पनि मैले उमेद्वारी दिएको हुँ । मेरो उमेद्वारी सुनसरी क्षेत्र नं. १ को सन्तुलित विकासका लागि हो । उहाँले भन्नुभयो यहाँ तीन वटा सरकार छन् । तीन वटा सरकारले विभिन्न शीर्षकमा कार्यक्रम ल्याउँछन् । प्राथमिकता तोक्ने काम स्थानीय जनताको हुन्छ । प्राथमिकता तोकेर, विकास निर्माणमा छुटेका बजेटलाई व्यवस्थित ढंगले लागू गराउने तदारुकता आजसम्म देखिएको छैन । त्यसको समन्वयकारी भूमिका सांसदले गर्नुपर्छ । त्यसैका लागि म सक्रिय भएको हुँ । अर्को कुरा धरानमा भएको सुकुम्बासी समसया समाधान, खानेपान िसमस्या समाधानका लागि र धरानमा अन्य जे जति यावत समस्या छन् ती समस्या समाधानका लगि एक्सन, भिजन भएको मानिस चाहिन्छ । त्यसैको समाधानका लागि नै मेरो उमेद्वारी हो, मेन्याङ्बोले भन्नुभयो ।

तपाईको प्रतिक्रिया