इनरुवा । आफ्नो गृह जिल्ला भोजपुरबाट निर्वाचन जित्ने ल्याकत नभएपछि २०७४ सालको निर्वाचनमा सत्ता र शक्तिको आडमा सुरक्षित क्षेत्रको खोजी गर्दै सुनसरी झरेका टुरिष्ट नेताको पगरी पाएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई यसपटक उक्त क्षेत्रका काँग्रेसका कार्यकर्ताहरुले स–सम्मान विदाई गर्ने तयारी थालेका छन् ।
यस अघिको प्रतिनिधिसभाको निर्वाचनमा झण्डै सात हजार मतले आफ्नो प्रतिद्वन्द्वी एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका कार्कीका लागि यसपटकको चुनाव महंगो पर्ने नेपाली काँग्रेस सुनसरी काठमाण्डौ सम्पर्क समितिका एक जिम्मेवार कार्यकर्ताले बताए ।

नेपाली काँग्रेस सुनसरी काठमाण्डौ सम्पर्क समितिका ती पदाधिकारीले भने पाँच बर्षमा ज्ञानेन्द्रबहादुर कार्कीले क्षेत्र नं. ४ मा कुनै काम गरेनन् । जे जति बाटो, घाटो, पुल बनेका छन् ती सबै पूर्ववर्ति सरकारकै पालामा शुरु भएर सम्पन्न भएका हुन् । वास्तवमै भन्ने हो भने कार्कीले सुनसरी क्षेत्र नं. ४ का मतदाताहरुलाई बेवकुब मात्र बनाएका छन् । उनले भने–क्षेत्र नं. ४ का मात्र हैन सुनसरीका कुनचाहिँ नेता कार्यकर्ताले पोलिटिकल नियुक्ति पाएका छन् ? काँग्रेसका आम कार्यकर्ता र मतदाताले वास्तविक कुरा बुझिसकेका छन् लालपुरका एक क्रियाशील कार्यकर्ताले भने । उनका अनुसार १ सय भन्दा बढी काँग्रेसका क्रियाशील कार्यकर्ताहरु ज्ञानेन्द्र हराउ अभियानमा लागेका छन् । लालपुर, मानपुर, बराहक्षेत्र ९, बक्लौरी, इनरुवा, घुस्की, हरिनगरा, भोक्राहा, श्रीपुर, हरिपुर लगायतका स्थानमा काँग्रेस क्रियाशील कार्यकर्ताहरुबीच यसै सम्बन्धमा पटक पटक सामुहिक छलफल समेत भइसकेको छ । घुस्की हरिनगराका एक क्रियाशील कार्यकर्ताले भने सुनसरी काँग्रेसलाई कमजोर बनाउने काम नै कार्कीले गरेका छन् । उनको अघि पछि लागेर चाकडी गर्नेहरुलाई दोहो¥याई दोहो¥याई क्षेत्र नं. ४ मा गाउँपालिकाको टिकट दिलाएका छन् । चौधौ महाधिवेशनमा पार्टीमा दुःख गरेका दुई पटक पार्टी सभापति भइसकेका रामबहादुर बस्नेत जस्ता मानिसलाइ पैसाको आडमा महाधिवेशन प्रतिनिधिमै हराउने काम गरेका छन् । उनले भने अब्बास अन्सारी जस्ता काँग्रेसका त्यागी कार्यकर्तालाई हराउन चौधौ महाधिवेशनमा गतिलो भूमिका खेले । कार्कीकै कारण अब्बास अन्सारी एमाले प्रवेश गर्न बाध्य भए । आज अन्सारी सुनसरी क्षेत्र न. ४ प्रदेश सभा ‘ख’ बाट एमालेका प्रत्यासी बनेका छन् । कार्कीले बस्नेतलाई हराउन मात्र भूमिका खेलेनन् धेरै इमान्दार कार्यकर्ता पाखा लगाएर आफ्ना निकटकालाई ल्याए । अब यसको नतिजा मंसिर ४ को निर्वाचनमा देखिन्छ हरिनगराका राजेश पालले भन्नुभयो ।
अर्का काँग्रेसका क्रियाशील कार्यकर्ताले भने कार्कीले १४ औं महाधिवेशनमा कतिसम्म गरेका थिए भने आफूसँग असहमत हुनेहरुलाई फोन गरी गरी हराउन निर्देशन दिएका थिए । उनले भने सुनसरी क्षेत्र न. ४ मा इनरुवा नगरपालिकाका ३,४ र ८, भोक्राहा गाउँपालिका सबै वडाहरु, बराहक्षेत्र नगरपालिकाका वडा न. ६,७,८,९१० र ११, रामधुनी नगरपालिकाको वडा नं. ४ रहेको छ । यस क्षेत्रमा पुरुष मतदाताको संख्या ३३२३२ र महिला मतदाताको संख्या २७२०० गरी जम्मा ६०४३२ रहेको छ । सुनसरी क्षेत्र न. ४ मा १३ जना दलबाट र १२ जना स्वतन्त्र उमेद्वारहरुले प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वारी दिएका छन् । एमालेबाट प्रदेश १ का पूर्व प्रदेशसभा सदस्य एवम् पूर्व वन तथा वातावरण मन्त्री एवम् प्रभावशाली स्थानीय व्यक्ति जगदिश कुस्यैत, राप्रपाका विद्यानन्द यादव, नेमकिपाका अर्जुनप्रसाद भट्टराई, लोसपाका कुन्जिलाल यादव, सिके राउतको जनमत पार्टीबाट देवराम यादव, जनता प्रगतिशील पार्टीबाट गुलाबचन मुसहर, नेकपा माओवादी समाजवादीबाट कुमार राई, नेपालका लागि नेपाली पार्टीबाट डम्बरबहादुर घिमिरे, कमल थापाको राप्रपा नेपालबाट सत्यनारायण राम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मो. सदिक मियाँ, एकीकृत शक्ति नेपालबाट गोपाल नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जीवनकुमार श्रेष्ठ रहेका छन् भने स्वतन्त्रबाट समिर मंसुरी, धिरज शर्मा, केशव उराउ, फेकन दाश मोची, विद्यानन्दप्रसाद साह, डा. खालिद हुसैन हक, श्यामप्रसाद ढकाल, केशव कार्की, डिल्लीबहादुर विष्ट, मनोजकुमार मण्डल, बालेश्वर यादव र अब्दुल जब्बार अन्सारी रहेका छन् । भोक्राहा गाउँपालिकाका एक जिम्मेवार काँग्रेसका कार्यकर्ताले भने यस पटकको निर्वाचनमा कार्कीको अवस्था राम्रो छैन । उनी प्रतिष्पर्धामै नआउन सक्छन् । प्रवल प्रतिस्पर्धी को को हुन त भन्ने जिज्ञासामा उनले भने एमालेका जगदिश कुसैत, स्वतन्त्र डा. खालिद हुसैन हक, राप्रपाका विद्यानन्द यादव र काँर्की क्रमश ः देखिएका छन् ।
