के.के. इन्टरनेसनल स्कुलको बार्षिक खेलकुद सम्पन्न

धरान । धरान–१५ मा  रहेका के.के.इन्टरनेसनल स्कुलको ३ दिवसीय बार्षिक खेलकुद कार्यक्रम आइतबारदेखि धरान  रङ्गशालामा शुरु भएको थियो ।


दक्षिण एशियाली खेलकुदमा लगातार तीन पटक सम्म स्वर्ण पदक जितेर कीर्तिमानी कायम गरेका म्याराथुन धावक बैकुण्ठ मानन्धरले म्याराथुन टर्च बालेर कार्यक्रमको उद्घाटन गरे । मंगलबार सम्म सञ्चालन भएका खेलकुद अन्तर्गत क्रमशः १ सय, ३ सय, ४ सय, ८ सय र १ हजार ५ सय मिटर म्याराथुन, शर्ट फुट, लङ जम्प, बास्केटबल, फुटबल, कबडी लगायतका खेलहरु गराईने स्कुलकी कोअर्डिनेटर सङ्गिता कालिकोटेले जानकारी दिइन । धावक मानन्धरले खेलाडिहरुमा अनुसासन हुनुपर्नेमा जोड दिए । आजकल अनुशासन हराउदै गएको बताउदै मानन्धरले बिद्यालयमा नैतिक शिक्षा हुनुपर्ने बताए । स्कुलका खेलाडी बिद्यार्थीहरुलाई डाईरेक्टर प्रबिन अग्रवालले सपथ ग्रहण गराए । स्कुलकी नेपाली शिक्षिका गोमा दाहालले बिगत एक बर्षदेखी विद्यालयले गरेका विभिन्न गतिबिधिहरु समेटेर बार्षिक प्रतिबेदन प्रस्तुत गरिन । कार्यक्रममा स्कुलका निर्देसकद्वय खगेन्द्र खतिवडा, अशोक कुमार अग्रवाल, भाइस–प्रीन्सिपल रबिन सिएम लगायतको उपस्थिति थियो । प्रिन्सिपल डा.क्लारेन्स पिटरले स्वागत मन्तब्य राखे भने कार्यक्रमको सञ्चालन शिक्षिकाद्वय शर्मिला राई र प्रेरणा घिमिरेले गरे ।

तपाईको प्रतिक्रिया