मोरङ । ६७ औ प्रहरी दिवश सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा मातहत जिल्ला प्रहरी कार्यालयहरुले असोज ३१ गते अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिँदै विविध कार्यक्रमहरु गरी ६७ औं प्रहरी दिवश सम्पन्न गरिएको होे । दिवसका असरमा विविध खेलकुद कार्यक्रम, स्वास्थ्य सिविर सञ्चालन, रक्तदान, सार्वजनिक स्थल सरसफाई, दिपावली लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

१ नं. प्रदेश प्रहरी कार्यालयमा असोज ३१ गते आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, १ नम्बर प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा खेलकुदमा विजयी हुनेहरुलाई पुरस्कृत समेत गरिएको थियो । साधना देवी प्रहरी पराक्रम पुरस्कार दुई प्रहरी पुरस्कृत प्रहरी दिवसकै अवस पारेर साधानादेवी प्रहरी पराक्रम पुरस्कारबाट दुई जना प्रहरीलाई पुरस्कृत गरिएको छ । यस बर्षको १ लाख धनराशीको आठौं साधनादेवी प्रहरी पराक्रम पुरस्कार प्रहरी सहायक निरीक्षक भक्त बहादुर बिष्ट र प्रहरी हवल्दार हुमेन्द्र प्रसाद यादवलाई प्रदान गरिएको छ । प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने उनीहरुलाई ६७ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो । पुरस्कृत भएका प्रहरी सहायक निरीक्षकले सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मितिमा ५ वटा पेस्तोल सहित अपराधिक गतिविधि गर्नेलाई पक्राउ गर्न सफल भएको, कर्तव्य ज्यान जस्तो गम्भिर अपराधका ४ वटा मुद्दाको अभियुक्तलाई पक्राउ गरेको, कर्सियाको बिपी चौकमा रहेको सिटिजन्स बैंकमा हतियारधारी तीन जना लुटेरा कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड सहित पक्राउ गर्न सफल भएको लगायतको कामलाई मूल्यांकन गरी पुरस्कृत गरिएको हो ।
बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कारद्धारा ट्रासफक बरिष्ठ हवल्दार पुरस्कृत
दिवसकै अवसर पारेरे बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार प्रहरी बरिष्ठ हवल्दार तुलसी प्रसाद पोखरेललाई प्रदान गरिएको छ । यसै बर्षबाट शुरु भएको २५ हजार धनराशीको उक्त पुरस्कार प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने मधयेबाट १ जना प्रहरी कर्मचारीलाई ६७ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो ।
