खहरेमा युवक मृत फेला

धरान । धरान ८ तीनढ्वागे खहरेमा एक युवा मृत फेला परेका छन् । शनिवार राति साथीसँगै बस्न गएका २२ बर्षीय युवा दिपेश खातुन मृत फेला परेका हुन् । धरान ८ अरुण टोलस्थित खहरेमा मृत अवस्थामा शव फेला परेका ती युवक सानीआमाको घरमा बस्दै आएको खुलेको छ । प्रहरीले उनको शव घरअघि खहरेमा घोप्टो परेको अवस्थामा आइतबार बिहान फेला परेको जनाएको छ ।
विहान करिब ६ बजे स्थानीयले मृत अवस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । खबर गर्ने वित्तिकै प्रहरी घट्ना स्थलमा पुगेको थियो ।


सानीआमा शान्ति राईले शनिवार राती खाना खाइसकेर साथीको घरमा सुत्ने भनेर गएका दिपेश राती साथीसँगै घरमा आएको उनले बताइन् । उनले भनिन्–‘ राती करिब १२ बजेसम्म साथीसँगै घरमा थियो । विहान एकै पटक मृत अवस्थामा भेटियो ।’ प्रहरीले मृतकको साथीसँग सोधपुछ गरिरहेको जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि वीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । यस सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया