मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई बिराटनगर रानी भन्सारको १ नम्वर ढाँटमा भारतबाट नेपाल आउदै गरेको अवस्थामा प्रहरी पक्राउ गरेको हो । पक्राउ पर्नेमा जहदा गाउँपालिका–५ मोरङका २१ बर्षीय सुरज कुमार चौधरी र इटहरी उप–महानगरपालिका–९ का ३४ बर्षीय सन्तक कुमार खडका रहेका छन् ।

पक्राउ परेका चौधरीको साथबाट ४४ मिलिग्राम ब्राउन सुगर र खडकाको साथबाट १.६१ ग्राम ब्राउन सुगर बरामद गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवत्ता प्रहरी उपरीक्षक नविनराज राईले बताए । पक्राउ परेका दुवैलाई लागू औषध कारोबार ऐन सम्बन्धी मुद्धा अगाडि बढाइएको प्रहरी उपरीक्षक राईले जानकारी दिए ।
