धरान । मारबाडी युवाहरुको साझा मञ्च राउण्ड टेबल धरानले संस्था स्थापना दिवसको अवसर पारेर वृहत वृक्षारोपणसँगै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले श्रावण १९ गते धरान १७ रेल्वे वन क्षेत्रमा वृक्षारोपण गरेको थियो भने श्रावण २० गते सिंहदेवी मन्दिर परिषरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियोे ।

राउण्ड टेवल धरानका अध्यक्ष अग्रम खेतानको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको संस्थाका संस्थापक अध्यक्ष चन्द्र अग्रवालले जानकारी दिनुभयो । उहाँका अनुसार मुलुकभरि राउण्ड टेवलका ३१ वटा शाखाहरु रहेका छन् । स्थापना दिवसका अवसरमा मुलुकभरिका शाखाहरुले वृक्षारोपण, रक्तदान, राहत सामाग्री वितरण लगायतका कार्यक्रमहरु गरेका थिए ।
यहाँ समरणीय कुरा के छ भने राउण्ड टेबल नेपाल अन्तर्गत धरान राउण्ड टेवल २६ ले २०७९ श्रावण ८ गते भारतको सिलगुढीमा ५ औं बार्षिक साधारणसभा सम्पन्न गरेको थियो । जसको अध्यक्षमा आग्रिम खेतान, उपाध्यक्षमा सेनकी अग्रवाल, सचिवमा निमेष अग्रवाल, कोषाध्यक्षमा प्रशान्त अग्रवाल र पूर्व अध्यक्षमा कृष्णकुमार अटल रहेका थिए । राउण्ड टेबल धरानले यस अघिदेखि नै धरानका सामुदायिक विद्यालयहरुमा भौतिक सामाग्री, विद्यार्थीलाई पोशाक, व्याग, शौचालय निर्माण, पुस्तकालय निर्माण, विद्यालयमा रंगरोगन, असहायहरुलाई खाद्यान्न वितरण, सिरक डसना वितरण जस्ता सामाजिक कार्य गर्दै आएको छ ।
