धरान÷ बोलबम मेला लागेसँगै धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा भक्तजनहरु आउने क्रम बढेको छ । भक्तजनहरुको चाहनालाई मध्यनगर गरी भारतका विभिन्न शिवालयहरुमा हुने गंगा आरती ५ बर्ष अगाडिदेखि पिण्डेश्वर मन्दिरमा शुरु गरिएको हो । धरानस्थित पिण्डेश्व बाबाधाम समितिले प्रत्येक बर्ष साउनमा आयोजन गर्ने गरेको छ । विगतमा हुने भारतमा हुने आरती नेपालमै हुन थालेपछि भक्तजनहरु अपेक्षाकृत रुपमा बढेको समितिले बताएको छ ।

गेरुबस्त्र धारी भक्तजनहरुले सुनसरीको चतरास्थित सप्तकोशी नदीबाट जल बोकी १७ किमीको दूरी पार गरी मन्दिरमा जल चढाउनेको गरे पनि विगतमा महायज्ञका लागि भने भारतका विभिन्न शिवालयमा नपुगी धरै थिएन । यसलाई मध्यनजर गरी भक्तजनको चाहनालाई बुझेर यसपटकबाट पिण्डेश्वर मन्दिरमै २०७४ सालदेखि धरानमा गंगा महाआरतीको शुरुवात गरिएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताउनुभयो । धार्मिक पर्यटनको सम्भावनालाई अझ बलियो बनाउन थप मद्दत पुग्ने विश्वासका े भारतमा हुने आरती नेपालमै शुरु गरेका उहाँको भनाई छ । प्रत्येक बर्ष साउनमा पिण्डेश्वर मन्दिरमा आरती हुने गर्छ । यसले भक्तजनहरुलाई सहज उहाँको तर्क थियो । आन्तरिक तथा वाह्य धार्मिक पर्यटनका लागि महाआरतीलाई प्राथमिकतामा राखेको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो । । उहाले भारतको गंंगामा महाआरती गरिन्थ्यो, धेरै सर्वसाधारण भारत आरतीका लागि भारत जानुपर्ने अवस्था थियो, पहिला काठमाण्डौको पशुपति र अहिले पिण्डेश्वरमा शुरु गरेको बताउनुभयो । उहाले महाआरती शुरु गर्दा भारतको बनारसबाट मगाइएको पण्डि झिकाइएको बताउनुभयो । अहिले भारतमा हुने विधि प्रक्रियाबाट विधि प्रक्रियाबाटै महाआरती हुने भएकोले भक्तजनहरुलाई भारत जान नपर्ने भएको उहाको भनाई छ सरस्वती सरोवरको एक छेउमा स्टेज समेत बनाइएको छ । बासले बनाइएको स्टेज वरिपरि बसेर भक्तजनहरुले महाआरित गरेका
छन् । प्रदेश नं. १ मै सुनसरीको धरानमा रहेको धार्मिक आस्था बोकेको पिण्डेश्वर मन्दिरमा भक्तजनहरु सेचेजस्तो नआउनुलाई यहाँका समाजसेवी, अग्रजहरुले चिन्ता व्यक्त गरेका छन् । पूर्वमा जहाजही विस्तार हुदै गएको शिवालयका कारण इतिहास बोकेको पौराणिक तपोभूमि पिण्डेश्वर बाबाधाम समितिमा आउने भक्तजनहरुको संख्यामा वृृद्धि हुनुपर्नेमा घट्दै गएको भन्दै सरोकारवाला पक्षले चिन्ता व्यक्त गरेका छन् । पूर्वमै पहिलो पटक २०३९ सालमा यहाँका अग्रजहरुले शुरु गरेको बोलबमको प्रथालाई जोगाउन तथा यसको महिमालाई जोगाइराख्न पक्कै पनि अब धरानका सबै वर्ग समुदाय सचेत हुनुपर्ने बेला आएको छ । महाआरतीको निरन्तताले पिण्डेश्वरको महिमालाई सधै बचाइराख्ने अपेक्षा धर्ममा आस्था राख्नेहरुले बताएका छन् ।
