घण्टाघरबाट हेर्दा

सन्यास लिन्छु रे
नमच्चिने पिङको सय झड्का भनेझै हिजो आज माकुनेको गफ सुन्दा नि उदेक लागेर आउन थाल्या छ । एमालेमा छँदा पद नपाएर अपमान महसुस गरेर निस्किएका माकुनेले गठबन्धनमा छिरेर पनि अपमानित नै हुनुप¥या छ । विचारालाई खप्परले सधै ठक्कर द्याद्यै छ । अस्तिका दिन त साह«ै विरक्त चलेछ क्यारे अब राजनीतबाट सन्यास लिनुप¥यो भन्दै थिए । अरुले पत्याए नि घण्टाघरचाहिँ माकुनेले राजनीतिबाट सन्यास लिन्छन् भन्ने कुरामा ज्यान गए पत्याउँदैन । पत्याउनु पनि कसरी पदका लागि टेन्टर हाल्ने, दाम चढाएर पाउमा लम्पसार पर्नेले पनि केही सन्यास लिन्छ ? सन्यासी हुन नपरोस भनेर एमालेको पिँधमा पुल्ठो झेसेर भाग्या हैनन् ? आउने निर्वाचनमा गठबन्धनले माुनेको भागमा दुई चारवटा सांसदको कोटा भन्दा बढी दिने छाँट नदेखिएसी विचारको मथिंगलले काम गर्नै छोड्या छ । आफनो पार्टी सिनित्त भएर बढारिनु पर्दाको अवस्थाको आंकलन गरेर बरु सन्यास लिनुप¥यो भन्या हुन् । वात करता है माकुने ।
देखाइदिन्छु रे


महान गणेशमानसिंहका गठ्ठे पुत्र प्रकाशमानसिंह हिजो आज निक्कै बर्बराउन थाल्या छन् । नबर्बराउन पनि किन ? राजनीतिबाट ओह«ालो लाग्न थालेसी मान्छे बर्बराउनु स्वभाविकै हो । अब हेरम न अस्तिका दिन तिन्ले एउटा पासा फालेछन् । फस्ट म्यान भए भने स्वार्थ नभएको नेता कस्तो हुन्छ भनेर देखाइदिने रे । हैन कति साह«ो हावा बोल्न सक्या हँ गठ्ठे सिंहले । तिन्ले आफ्नो औकात १४ औं महाधिवेशनमै देखाएकै हुन् । देउवाले मन्तरी बनाइदिन्छु भन्नासाथ बुरुक्क उफ्रिएर देउवाको टाङमा लडीबुडी ग¥या हैनन् । देउवाले सिर्जनासिहलाई नगर प्रमुखको टिकट दिएर लम्पसारको गुन तिरिदिए । विचाराकी जोइलाई कस्ले पत्याउने ? अब त गठ्ठे सिंहका दिन चिप्लिए । अब त फस्ट म्यान होइन जहिल्यै लास्ट म्यान नै हुने हो ।
दुई तीन पटक भेट भाथ्यो रे
बाँदर ज्यादा जान्ने भएर वल्लो रुख र पल्लो रुखमा हाम फाल्दा फाल्दै राजकानी च्यापिएर कुन दिन सिल्टिमुर खान्छ । माउवादीका आजीवन सभापतिको पगरी गुथेका प्रचण्डाउ देशभित्रै पनि बोल्दा चिप्लिन्थे । अहिले जापान पुगेर पनि बोली चिप्लाएछन् । आखिरी बोली चिप्लाउने रोग त तिनलाई बच्चैदेखि लाग्या न हो । अस्तिका दिन छोरी र अर्का एकजनालाई लिएर जापान डुल्न गाका प्रचडाउले जापानका स्वर्गीय प्रधानमन्त्री सिन्जो आवेसँग नेपालमा दुई तीन पटक भेट भएको गुड्डी हाँकेछन् । सिन्जो आवे कहिल्यै नेपाल गाकै थेनन् । कसरी भेट भयो ?
विचरा सञ्चारकर्मीको मथिगल चक्र्याइगएछ ।
गधा धोएर गाई
पाँच दलीय गठबन्धन कति शक्तिशाली छ भन्ने कुराको अनुमान कसैले गर्न सक्दैन । जस्तोसुकै भ्रष्टाचारी होसे, व्यभिचारी होस, बलात्कारी होस्, अपराधी होस् तिनलाई तुरुन्तै पाँच दलीय गठबन्धनले चेख्याइदिई हाल्छन् । कतिसम्म शक्तिशाली छन् भने आइमाइलाई लोग्ने मान्छे, लोग्ने मान्छेलाई आइमाइमात्र बनाउन सक्या छैनन् । अर्थोक सबै गर्न सक्छ । अब हेरम न अरथ मन्तरी मुसे जनार्जन शार्मालाई बजेट बनाउँदा बाहिरका दलालहरुलाई प्रवेश गराई उत्पादन मच्चाएका थे । आदमीको आँखमा छारो हाल्न राजीनामा गर्र्न लगाए । नाटक पनि कति गर्न जान्या हौ । छानविन समिति बनाइयो । सिसीटिभीको फुटेज मुसाले चपाइहालेछ । छानविन समिति हैरान । अन्तमा गधालाई धोइपखाली अरथ मन्तरी ब्नाइयो । क्या वात । त्यै त पाँच दलीय गठबन्धन ?
बाले दिएछन् दनक
खप्रओ बा’ले अस्तिका दिन टपरटुइøयाँ नता भै टोपलेका रवि लामिछोनलाई दह«ै दनक दिएछन् । दनक दिन खप्रओे बाले त्यै पनि माहिर छन् । बोकेको कुकुरले बाघ मार्दैन भन्ने कुरा शालिकराम पुडासैनीको पिण्ड खाने लामिछानेलाई के थाहा ? दुई चार जना अमुक पात्रले बोकेका भरमा आफूलाई तीसमार खाँँ नेता सम्झँदै हिडेका लामिछनेलाई बाले भँडुवा, असभ्य भन्देछन् । बाले ठीकै भनेछन् । धेरै उम्लेपछि पोखिन्छ । अरुलाई चोर भन्या छ , गाली ग¥या छ । नेपालमा प्रजातन्त्र ल्याउन सुको योगदान नभएका लामिछानेको औकात कस्लाई थाहा छैन र । वात करता है ।
श्रीलंका बन्ने निश्चित
झालेमालेका गन्धपुरी नेता शंकर पोखरेलले अस्तिका दिन एउटा गज्वबको गफ हान्देछन् । यदाकदा गफ हान्छन् ती । गफ जोतेरै नेता भाका न परे । अब हेरम न वर्तमान गबन्धन सरकार अझै एक बर्ष रहे नेपाल श्रीलका हुने पक्का छ रे । पोखरेलले ठोकुवै पो गरे त हँ । नेपाली जनता नेपाल कहिले श्रीलंका बन्ला भनेर चुप लागेर बस्या छन् । श्रीलंका बनेको दिन सारा नेपाली खुशीले गदगद हुन्छन् । छानीछानी नेतालाई भाटे कार्वाही गर्न पाइन्छ । ठूला पदमा बस्नेहरु कुले ठोक्छन् । लौन श्रीलंका बन्छ भने गठबन्धन सरकालाई एक बर्ष होइन डेढ बर्षे टाइम दिउँ । कि कसो हौ पोखरेल बाजे । यसो गर्दा कसो होला ?
देशलाई ट्रयाकमा ल्याए रे
बाल्वाटारे मुखिनी हिजोआज चाहिँदो भन्दा बढी ताइफाइ गर्न थाल्याछिन् । कहिले बरुक्क उफिएर दिल्ली पुग्छिन्, कहिले आफ्ना हनुमानबाट भावी पर्धानमन्तरी भनाउन लगाउँछिन् । माने देशमा पोथी बास्न थालेछ । पोथी बासेका अवसगुन भन्छन् । अस्तिका दिन तिन्ले केपी ओलीले विगारेको देशलाई मुखिया बाले ट्रयाकमा ल्याएको भन्दै बडो तारिफ गरिछन् । मुखिनीको कुरा सुनेर यतिबेला खित्का छाडेर हास्न थाल्या छन् ।
कहिल्ैय मन्दिर जा“दैनने रे
मान्छे अर्काको कुरा काट्न पाए भने कुनै सीमै राख्दैनन् । नेपालका पधानमन्न्तरी कहिल्ये मन्दिर जाँदैनन्, कहिल्यै पूजा पाठ गर्दैनन, कहिल्यै मन्दिर गएर दानसान गर्दैनन् रे हैन हौ जाउन कि नजाउन ? कुरौटेहरुलाई के मतलब ? अर्काको कुरा नकाटी भात नै पच्दैन कि क्या हो ? किन मन्दिर गएनन् , किन पूजापाठ गर्दैनन् भन्ने कुरा चै बुझ्नु छैन । एकोहोरो जाँदैनन् भनेर गफ चुट्यो पुग्यो । विचरा मन्दिर कसरी जाउँन् त ? मन्दिरमा गएपछि यसो मन्त्रहरु फलाक्नु पर्छ । उनले मन्त्र फलाके भने भगवानले नै बुझ्दैनन् । जसका लागि फलाक्यो उसैले नबुझ्देसी किन जानु मन्दिर सन्दिर । कि कसो हौ ?

तपाईको प्रतिक्रिया