फरार प्रतिवादी पक्राउ

धरान । अदालतबाट मुद्धा फैसला भई फरार रहेका एक युवकलाई प्रहरीले प्रक्राउ गरेको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह रिटबाट खटिएको प्रहरी टोलीले एकजना फरार प्रतिवादी पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–१७ डाडाँघोपा बस्ने २८ बर्षीय सोमान खत्री रहेका छन् ।


जिल्ला अदालत सुनसरीको असोज ३० गतेको फैसला आदेशले ९ महिना २३ दिन कैद र ५ हजार रुपैया जरीवाना बेरुजु रही असुल गर्न बाँकी रहेका उनलाई धरान १७ बाट नै पक्राउ गरेको हो । पक्राउ परेका खत्रीलाई आइतबार नै सुनसरी जिल्ला अदालतले कैद भुक्तानको लागी झुम्का कारागार सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया