सार्वजनिक यातायातले विद्यार्थी नचढाएको भन्दै मेयरलाई ज्ञापनपत्र

धरान । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नगर कार्यसमितिले सार्वजनिक सवारी साधनले विद्यार्थीहरुलाई समस्या दिएको भन्दै धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।


शुक्रबार संघका नगर सभापति पारस लिम्बुसहितको टोली उपमहानगरपालिका पुगेर नगरप्रमुख हर्क साम्पाङलाई ज्ञापनपत्र बुझाएको हो ।
धरान शैक्षिक हव भएकै कारण यहाँ पूर्वाञ्चल इन्जिनियर कलेज, केन्द्रीय प्रविधि क्याम्पस, महेन्द्र वहु क्याम्ससहित धेरै विद्यालयहरु रहेका छन्, यहाँ अध्ययन गर्ने विद्यार्थी धरानका मात्र नभएर प्रदेश न.. १ लगायत नेपालमा विभिन्न स्थानबाट आउने गर्छन । टाढाबाट धाएर अध्ययन गर्न आउने विद्यार्थीलाई सार्वजनिक बसले नचढाउने, चढाइहाले पनि भाडामा छुट नदिने लगायतका समस्या भएकोले उनीहरुले मेयर साम्पाङलाई सार्वजनिक यातायात व्यवसायी र सार्वजनिक यातायात व्यवसायी महासंघसँग आवश्यक पहल गरेर समस्या समाधान गरिदिन माग गरेका छन् ।
उनीहरुले विज्ञप्तीमा सवारी साधन रोकी, सहुलियत दरमा भाडादर कायम गर्न पहल गरिदिन मेयर साम्पाङसँग अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया