भाण्टाबारी । लगातार केही दिनदेखि आएको अविरल बर्षका कारण सप्तकोशी नदीिमा पानीको उच्च वहावसँगै नदी छेउका बस्तीहरुमा शतर्कता अपनाउन सुनसरी प्रशासनले आग्रह गरेको छ ।
कोशी व्यारेज प्रहरी चौकीले दिएको जानकारी अनुसार सोमबार अपरान्ह देखि खतराको चिन्ह रातो बत्ती बालिएको छ । प्रहरीका अनुसार सप्तकोशीमा यस बर्षकै सबैभन्दा उच्च वहाव देखिएको छ । अपरान्हको मापन अुनसार सप्तकोशीमा १ लाख ८४ हजार ८ सय ८५ क्युसेक पानीको वहाव रहेको छ । हाल ५६ वटा ढोकामध्ये २३ वटा ढोका खोलिएको प्रहरीले जनाएको छ ।
खासगरी पहाडी क्षेत्र रामेछाप, ओखलढुंगा, तेह«थुम, भोजपुर, खोटाङ, धनकुटामा निरन्तर बर्षा हुँदा सप्तकोशीमा पानीको वहाव उच्च हुने गरेको छ । सप्तकोशीमा पानीको वहावसँगै उदयपुर र सप्तरी जिल्लामा थप जोखिम बढेको प्रहरीले जनाएको छ । श्रीलंका टापुका अधिकांश घर गोठ डुबानमा परेका छन् भने हनुमान नगरको गोवरगडाका स्थानीय बासिन्दा पानीकै कारण थुनिएका छन् । उदयपुरतर्फ कोशीको पानीले कटान शुरु गरेपछि थप जोखिम बढेको छ ती प्रहरीले बताए ।
