संग्रौला र जगत प्रसाद नियुक्त

धरान । चरम भ्रष्टाचार र बेथितिका कारण विघटनको संघारमा पुगेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको कुल सचिव र अस्पताल निर्देशकमा प्रा.डा. सूर्य संग्रौला र एसोसिएसट्स प्रोफेसर डा् जगतप्रसाद नियुक्त भएका छन् ।


प्रतिष्ठानका नक्कली प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा आइतबार स्वास्थ्यमन्त्री भवानी खापुङले संग्रौला र जगतप्रसादलाई रजिष्ट्रार र अस्पताल निर्देशकमा नियुक्ति गर्नुभएको हो । यसैगरी रिक्त रहेको तीन कास मध्ये प्रतिष्ठानका प्रा.डा ज्ञानेन्द्र मल्ल र प्रा.डा. स्मृति कार्कीलाई पनि आइतबारै नियुक्ति गरिएको छ भने एकजना स्वास्थ्य मन्त्रालय प्रतिनिधि कास हुने् व्यवस्था
रहेको छ । नवनियुक्त अस्पताल निर्देशक जगतप्रसाद यस भन्दा अगाडि प्रतिष्ठानका सहायक अस्पताल निर्देशक रहेका थिए भने कुल सचिव प्रा.डा. संग्रौला पूर्वाञ्चल विश्व विद्यालयको परीक्षा डिनको रुपमा काम गर्नुभएको् थियो । यसै सम्बन्धमा चरम भ्रष्टाचार र बेथितिलाई कसरी सम्हाल्नु हुन्छ भन्ने जिज्ञासामा नवनियुक्त रजिष्ट्रार प्रा.डा. सूर्य संग्रौलाले भन्नुभयो मेरो एक्लो प्रयासमा यो सबै कुरा नियन्त्रणमा हुन सक्दैन । यसका लागि सामुहिक रुपमा टिमवर्क हुन्छ । मैले जीवनको उत्तरार्धमा यो जिम्मेवारी पाएको छु, मेरो प्रयास प्रतिष्ठान सुधारमै केन्द्रित रहने छ । यहाँ स्मरणीय कुरा के छ भने रजिष्ट्रार संग्रौला प्रधानमन्त्री शेरबहादुर देउवाको इन्ट्रेस्टमा नियुक्त भएका हुन भने अस्पताल निर्देशक डा. जगतनारायण उपकुलपति डा. ज्ञानेन्द्र गिरीको इन्ट्रेस्टमा नियुक्त भएका हुन् । नेपाली काँग्रेसकी नेतृ डिला संग्रौलाका श्रीमान प्रा.डा. संग्रौला पूर्वाञ्चल विश्वविद्यालयमा रहँदा विवादमा समेत पर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया