धरान । भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका नवनियुक्त प्रभारी अधिकारी मेजर भरत कनौजियाले आफ्नो माहतमा रहेको जिल्ला सैनिक बोर्ड भोजपुर र तेह्रथुमको अनुगमन तथा भ्रमण गर्नुभएको छ ।

आगामी तीन बर्षका लागि आफ्नो कार्यभार सम्हाल्न आए लगत्तै मेजर कर्नोजियाले श्रावणको पहिलो हप्ता ती दुवै जिल्लास्थित जिल्ला सैनिक बोर्डको अनुगमन तथा भ्रमण गर्नुभएको हो ।
भ्रमणका क्रममा मेजर कनौजियाले भोजपुर र तेह«थुममा बसोबास गर्नुहुने भुतपूर्व भारतीय सैनिकसँग भेटघाट गर्नुभएको थियो । त्यस क्रममा उहाँले भारतीय भुतपूर्व सैनिकहरुका केही समस्या भएमा आफू त्यसको निराकरणमा लाग्ने बताउनुभएको थियो । उहाँले भुतपूर्व सैनिकहरुसँगको भेटघाटमा भन्नुभयो तपाईहरुका केही समस्या भएमा निर्धक्क भन्नुहोला म त्यो समस्याको निराकरण गर्छु ।
भ्रमणका अवसरमा मेजर कनौजियाले भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र तेह«थुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेसँग पनि भेटघाट गर्नुभएको थियो । दुवै अधिकारीसँगको भेटमा भारतीय भुतपूर्व सैनिकहरुको समस्या मिलेर समाधान गर्न आग्रह गर्नुभएको थियो । दुवै जिल्लाको भ्रमणका अवसरमा भारतीय भुतपूर्व सैनिक संघका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो । यहाँ स्मरणीय कुरा के छ भने अधिकांश भारतीय भुतपूर्व सैनिकहरुले भर्तिमा जाँदा श्रीमतिको एउटा नाम र पछि पेन्सन पट्टामा अर्को नाम उल्लेख हुने गरेको छ । जसका कारण पेन्सनमा कतिपयलाई कठिनाइ हुने गरेको देखिएको छ । यसैगरी मेजर कनौजियाले भारत सरकारले उपलब्ध गराउने लोक कल्याणकारी कार्यक्रम, इसिएचएसका सम्बन्धमा पनि उपस्थिति भुतपूर्व सैनिकहरुलाई थप जानकारी गराउनुु भएको थियो । मेजर कनौजियाले त्यसभन्दा अगाडि इलाम र ताप्लेजुङ्गस्थित जिल्ला सैनिक बोर्डको समेत भ्रमण गर्नुभएको थियो ।
