राजनीतिलाई पेशा बनाएर आयआर्जन गरिरहेका धरानका राजनैतिक दलहरुहरुका लागि यतिबेला धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ्गको श्रमदान टाउको दुखाई बनेको छ ।
पदमा पुगेपछि ऐेøयासी गर्नुपर्छ भन्ने स्कुलिङ्गबाट आएकाहरु यतिबेला साम्पाङको विरोधमा दिलोज्यानले लागेका छन् । एउटा वडाध्यक्षमा निर्वाचित हुँदामात्र सुसारे राखेर अनेकौ सुविधा भोग गर्ने चरित्रहरु साम्पाङ्गको श्रमदानको खिल्ली उडाउने काममा सामाजिक सञ्जालहरुमा हात धुएर लागेका छन् । तर त्यस्ता चरित्रहरु आम धरानेहरुमाझ लाज छोप्न नसक्ने गरी नाँगिदै गएका छन् ।
त्यसै विद्वानहरुले भनेको होइनन् बर्बराउने थुतुनोभन्दा श्रम गर्ने हात महान हुन्छ । धराने जनतालाई खानेपानीको काकाकुल अवस्थाबाट मुक्त गराएरै छाड्छु भन्ने एक सुत्रीय एजेन्डा लिएर निर्वाचिनमा होमिएका साम्पाङ्गले स्थापित राजनैतिक पार्टीका उमेद्वारहरु भन्दा ५ हजार मत बढी ल्याएर निर्वाचित भएका हुन् । जन जीविकासँग जोडिएको एजेण्डा लिएर जनतामाझ जाँदा त्यसले सुखद् परिणाम दिन्छ भन्ने कुरा धरानका स्थापित
राजनैतिक दलका नेता कार्यकर्ताले अझै बुझ्न नसक्नु विडम्बना हो । नागरिक वा मतदाता चाहन्छन् आफू अनुकूलको जनप्रतिनिधि होस् । जन प्रतिनिधिको नाममा परम्परागत शैलीमा स्थानीय तथा अन्य निकायमा निर्वाचित भएपछि करोडौको गाडी चढ्नुपर्ने, अकुत सुविधा भोग्नुपर्ने, निर्वाचित भएपछि मतदाताको अबमूल्य न गर्ने, स्थानीय निकायमा हुने काममा ठेकेदारसँग मिलेर कमिशन खाने, भ्रष्ट्राचार गर्ने, पद भँजाएर करोडौको सम्पति आर्जन गर्ने, नगर पालिकको खर्चबाट विदेश यात्रादेखि बटालियन लिएर उपलब्धीविहीन देश दौडाहा गर्ने, उद्घाटन र सेमिनारमा दौडने प्रवत्तिलाई धरान उपमहानगरपालिकाका प्रमुख साम्पाङ्गले पूर्ण रुपमा निस्तेज गरिदिएका छन् ।
वास्तवमा स्थापित राजनैतिक दलका स्थानीय नेता, कार्यकर्ताले साम्पाङको त्यस प्रकारको निर्णयको स्वागत गर्दै उनले गर्देै आएको श्रमदानमा सहयोग पु¥याउनुपर्ने हो । उनीहरु आफू पनि श्रमदान नगर्ने, श्रमदान गरी खानेपानीको व्यवस्थापनमा लागेका मेयर साम्पाङ्गको विरोधले उनीहरु धराने जनता माझ नाँगिदै गएका छन् । तर हजारौ मतदाताहरु साम्पाङ्गसँग स्वस्फूर्त रुपमा श्रमदानमा सक्रिय भएका छन्, धरानलाई माया गर्ने विदेशमा रहेका नेपालीहरुले श्रमदान गर्न नसकेपनि खानेपानीका पाइप, डस्विन उपलब्ध गराउने काम गरेका छन् । पदमा बस्ने मान्छेले श्रमदान गर्दा सानो हुने होइन अझ कद बढ्ने हो । तर यो कुरा धरानका सत्तासीन स्थानीय तहका नेता कार्यकर्ताले बुझ्न सकेका छैनन् । आम्दानीको दीगो स्रोत केही नभएको, पुख्र्यौली सम्पति समेत नभएका तर ५० रुपैया बोटको तास खेल्ने, दैनिक दारु खुवाउने् मुर्गा खोज्दै हिड्ने, पाँच सात हजारको दारु दैनिक खानुपर्नेले पद ओगटेर कमाई खानेले हर्क साम्पाङ्गबाट सिक्नु पर्र्दैन ? राजनीतिक सेवा हो व्यापार होइन । तर स्थापित
राजनैतिक दलका केही स्थानीय नेता कार्यकर्ताले राजनीतिलाई सेवा नभएर व्यापार बनाएका छन् । यस्ता चरित्रले आगामी दिनमा पार्टीको शाखलाई कहाँ पु¥याउला ? समयमै चेत खुले
राम्रो । विकासमा विरोध हौन सहकार्य चाहिन्छ ।
