बालयौन दुरुपयोग मुद्धाका फरार प्रतिवादी पक्राउ

धरान । बालयौन दुरुपयोग मुद्धाका फरारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगरपालिका वडा नं. १५ बगरकोट शिवगंगा बस्ती बस्ने ३१ बर्षीय नगेन्द्र बराइली विश्वकर्मा रहेका छन् । विश्वकर्मालाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (रिट) बाट खटीएको प्रहरी टोलिले विहीबार प्रक्राउ गरेको हो । सुचनाको आधारमा खोजतलास गर्ने क्रममा जाँदा गाँउघरमा नै लुेर बसेको अबस्थामा प्रहरीले फेला पारेको थियो ।


प्रक्राउ परेका उनलाई प्रहरीले सुनसरी जिल्ला अदालतमा बुझाएको प्रहरीले बताएको छ । विश्वकर्मालाई बालयौन दुरुपयोग मुद्धामा सुनसरी जिल्ला अदालतले २०७८ कार्तिक २७ गरेको फैसलाले १ बर्ष ५ महिना ५ दिन कैद र १५ हजार जरीवाना कैद तोकेको थियो ।

तपाईको प्रतिक्रिया