वडाबाटै राष्ट्रिय परिचयपत्र ः वडाबासी दंग

धरान । नेपाल सरकारले नेपाली नागरिकले हरेक प्रयोजनका लागि नागरिकताको विकल्पमा अनिवार्य राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने प्रावधान ल्याए पनि सेवाप्रदायिक कार्यालयमा परिचयपत्र बनाउनेको अत्याधिक भीड हुने गरेको थियो । राष्ट्रिय परिचयको फर्म भर्नकै लागि घण्टौ लाइनमा बस्नुपर्ने र
परिचयपत्र लिनका लागि महिनौ कुर्नुपर्ने बाध्यता थियो ।
तर अहिले सर्वसाधारणको सहजताको लागि वडावडाबाट
राष्ट्रिय परिचय वितरणक कार्यक्रमलाई अगाडि बढाएको छ । नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गतको जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट मात्र फर्म फर्ने तथा वितरण गर्ने कामलाई वडावडामा शुरु गरिएपछि सर्वसाधारणले समेत स्थानीय सरकार भएको अनुभूति गर्न पाएका छन् ।


धरान ४ का रमेश राई वडा कार्यालयबाटै परिचयपत्र सहजै रुपमा पाउन पाएकोमा दंग हुनुहुन्थ्यो । विगतमा आफन्तको राष्ट्रिय परिचयपत्र बनाउन इलाका प्रशासन धाउदा हैरानी व्यहोर्नुपरेको थियो । तर अहिले उहाले आफ्नो भने वडाबाट सहज रुपमा फर्म भरेर परिचयपत्र पाएकोमा आफूलाई स्थानीय सरकार भएको अनुभूति भएको बताउनुभयो ।सर्वसाधारणले वडावडाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्नु सह्रानीय कार्य भएपछि परिचयपत्र बनाउन चाहिने आवश्यक कागजपत्रको विषयमा सेवाग्राहीलाई जानकारी नहुदा अझै समस्या हुने गरेको सर्वसाधारणले गुनासो गरेका छन् । स्थानीय अम्बिका सम्हाम्फेले परिचयपत्र बनाउन चाहिने आवश्यक कागजपत्रका विषयमा सर्वसाधारणलाई अपडेट गराउनुपर्ने बताउनुभयो ।पहिलो चरणमा धरान उपमहानगरलिकाको १ देखि १० वडाले परिचयपत्र वितरण गर्दैछन् । यी मध्ये कतिपय वडा कार्यालयले शुरु नै गरेका छैनन् भने कतिपयले शुरु गरेका छन् । धरान उपमहानगरलिका वडा नं. ३ र ४ ले भने धमाधम परिचयत्र वितरण गर्दैछन् । वडा नं. ३ मा शुरु गरेको ३ दिन भयो भने ४ मा ४ दिन भयो । यस अवधिमा दैनिक ९० देखि १ सय जना सम्मले फर्म भर्ने र परिचयपत्र पाउने गरेको धरान ३ का वडाध्यक्ष विद्या शाक्य बताउनुहुन्छ ।वडाबाट परिचयपत्रको फर्म भर्न सर्वसाधारण उत्साहित रहेको धरान ४ का वडाध्यक्ष धनबहादुर राई बताउनुहुन्छ । उहाँले दैनिक ९० देखि १ सय को हाराहारीमा परिचयपत्र फर्म भर्न आउने बताउनुभयो ।राष्ट्रिय परिचयपत्रलाई अनिवार्य पनि वितरणमा व्यवस्थित नहुदा विगतमा सर्वसाधारणले हैरानी व्योर्नुपरेकोले वडावडाबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिएको हो । धरानका २० वटै वडाबाट परिचयत्र वितरण गर्ने लक्ष्य लिइएको छ । वडाबासीले वडाबाटै परिचयपत्र सहजै पाउँदा उनीहरु दंग छन् ।

तपाईको प्रतिक्रिया