मोरङ । मोरङको उर्लाबारी नगरपालिका २ झण्डी चौकबाट प्रतिबन्धित औषधी सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २० बर्षीय विवेक धिमाल रहेका छन् ।
आइतबार बेलुका ७ बजे अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले धिमाललाई प्रतिबन्धित औषधी सहित प्रक्राउ गर्न सफल भएको हो ।
उनको साथबाट नेपालमा प्रतिबन्धित मानिएको ट्रामाडोल ६० क्याप्सुल र स्पास्पेन ६०ट्याब्लेट सहित पक्राउ गरिएको प्रहरीले जनाएको छटे । पक्राउ परेका धिमालका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
